• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

बिहे गर्ने उमेर नपुग्दै गर्भपतन


  •   शुक्रबार, कार्तिक ३०, २०७५ मा प्रकाशित
  • शुक्रबार, कार्तिक ३०, २०७५
    मुलुकी संहिताले २० वर्षभन्दा कम उमेरमा बिहे गर्न बन्देज लगाएको छ । १८ वर्षभन्दा कम उमेरमा त सहमतिमा पनि यौनसम्पर्क गर्न नपाइने कानुनी व्यवस्था छ । तर, १८ वर्षभन्दा कम उमेरमै गर्भपतन सेवा लिने किशोरीको संख्या उल्लेख्य भएको पाइएको छ ।

    Advertisement

    जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्यांकअनुसार तीन वर्षमा पाँच हजार सात सय ४७ जनाले गर्भपतन गराएका छन् । तीमध्ये २० वर्षभन्दा कम उमेरमै गर्भपतन गराउने २० प्रतिशत छन् । गर्भपतनसम्बन्धी अध्ययन गर्ने संस्था आइपासका अनुसार यस अवधिमा तीन सय ४० जना १८ वर्षभन्दा कम उमेरका किशोरीले गर्भपतन गराएका छन् ।

    आइपासका जिल्ला संयोजक केदार भण्डारीका अनुसार कम उमेरका किशोरीलाई गर्भपतन गर्न कानुनले रोक लगाएको छैन । ‘१८ वर्षभन्दा १४ वर्षका किशोरीले पनि गर्भपतन सेवा लिएका छन्,’ भण्डारीले भने, ‘सुरक्षित मातृत्व तथा प्रजनन अधिकारमा कम उमेरमा गर्भपत गर्न नपाउने भन्ने छैन ।’

    १८ वर्षभन्दा कम उमेरकाको गर्भपतन गराउँदा सेवाप्रदायकले नजिकको नातेदारको मञ्जुरी लिनुपर्छ । मञ्जुरी दिने नातेदार नभए स्वास्थ्यकर्मीले सेवा लिन आउनको सर्वोत्तम हितलाई ध्यान दिएर सेवा दिन सक्ने व्यवस्था छ । कम उमेरमा नै गर्भपतन गराउनेले नातेदार लिएर जाँदैनन् ।

    जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक माधव श्रेष्ठले १८ वर्षभन्दा कम उमेरको यौनसम्पर्क अपराध ठहर्ने बताए । तर, कानुनबमोजिमको कारबाही गर्नका लागि भने प्रहरीमा उजुरी गर्नुपर्छ ।

    वरिष्ठ अधिवक्ता जसबहादुर लुङ्गेलीले पनि १८ वर्षभन्दा कम उमेरमा भएको यौनसम्पर्क अपराध ठहर्ने बताए । ‘१८ वर्षभन्दा मुनिकालाई नाबालक ठानेको छ, नाबालकको सहमतिलाई कानुनले सहमति मान्दैन,’ उनले भने, ‘त्यसैले नाबालकसँग यौनसम्पर्क राख्नु अपराध हो ।’

    जिल्ला जनस्वास्थ्य प्रमुख सागर प्रसाईंले १८ वर्षभन्दा कम उमेरको यौनसम्पर्क अपराध ठहरे पनि गर्भपतन गर्न आउने किशोरीको स्वास्थ्यलाई महत्व दिने गरेको बताए । आफूहरूले अपराध हो वा होइन भन्दा पनि कम उमेरमा आमा बन्दाको जोखिमलाई ध्यान दिने उनको भनाइ छ ।

    इलाममा गाउँ–गाउँमा गर्भपतन सेवा विस्तार भएपछि सेवा लिनको संख्या भने तीव्र रूपमा वृद्धि भइरहेको छ । आर्थिक वर्ष ०७१/७२ मा चार सय ४५ जनाले सेवा लिएका थिए । आर्थिक वर्ष ०७४/७५ मा दुई हजार ६८ ले यो सेवा लिएको तथ्यांक छ । जिल्लाका १८ सरकारी स्वास्थ्य संस्थामा गर्भपतन सेवा छ ।

    यस्तो छ कानुन
    १८ वर्षभन्दा कम उमेरकाको गर्भपतन गराउँदा सेवाप्रदायकले नजिकको नातेदारको मञ्जुरी लिनुपर्छ । मञ्जुरी दिने नातेदार नभए स्वास्थ्यकर्मीले सेवा लिन आउनेको सर्वोत्तम हितलाई ध्यान दिएर सेवा दिन सक्ने व्यवस्था छ । कम उमेरमा नै गर्भपतन गराउनेहरू नातेदार लिएर जाँदैनन् ।

    शुक्रबार, कार्तिक ३०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने
    कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ६.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ७.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ८.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation