• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असार १५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धान दिवसमा उत्कृष्ट कृषक सम्मानित, कृषि भूमि संरक्षणमा जोड

सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

लगातार दोस्रो महिना कार्यसम्पादनमा अब्बल बन्यो प्यूठान प्रहरी

जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै

दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु, २५ लाख बिरुवा रोप्ने लक्ष्य

धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

लोकप्रिय समाचार

  • १. वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

  • २. हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

  • ३. गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  • ४. अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

  • ५. श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

  • ६. इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

  • ७. माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

  • ८. मानव–वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई छात्रवृत्ति

  • ९. दल परिवर्तनपछि गाउँपालिका अध्यक्ष पदमुक्त

  • १०. राप्ती र गढवाले ल्याए ढकियामा बजेट

विश्व निमोनिया दिवस : जोगिनुस् है, चिसोले झन् सताउला!


  •   सोमबार, कार्तिक २६, २०७५ मा प्रकाशित
  • कात्तिक २६, २०७५|

    Advertisement

    काठमाडौं- आइतबार कान्ति अस्पताल पुग्दा धादिङकी सरस्वती चेपाङ आफ्नो दुई महिने दूधेबालक लिएर अस्पताल परिसरमा घाम तापेर बसिरहेकी थिइन्। उनका श्रीमान् औषधी किन्न फार्मेसी गएका थिए। उनीहरु बच्चाको उपचारका लागि काठमाडौँ आएको सात दिन भएको रहेछ।

    उनले भनिन्, ‘सुरुमा खोकी लाग्ने ,ज्वरो आउने भएपछि नजिकै धादिङमै क्लिनिकमै देखाएक थियौँ। त्यहाँबाट कान्तिमा आयौँ। निमोनिया निकै नै बल्झिसकेको रहेछ, औषधि दिएका छन्।’

    बालाजुकी शान्ति शर्मा पनि आफ्नो ७ महिने बालक लिएर कान्ति अस्पताल आएकी थिइन्। बच्चालाई थरथर काँप्ने, ज्वरो आएको, अनि कोखा हान्न थालेको जस्तो भएपछि अस्पताल दौडाउनुपरेको उनले बताइन्।

    १९ वर्षीय अभिनव चौधरीलाई सानैदेखि निमोनियाले सताउँथ्यो। अहिले पनि अलिकति केही चिसो चिज खाँदा उनलाई निमोनियाले भेटिहाल्छ। उनी थला परिहाल्छन्।

    फरक उमेर समूहका यी विभिन्न बिरामीलाई देखिएको एउटै समस्या हो- निमोनिया।

    के हो निमोनिया?
    नेपालमा बच्चालाई धेरै हुने समस्यामध्ये निमोनिया पहिलो नम्बरमा आउँछ। निमोनिया फोक्सोको संक्रमण हुने रोग हो। यो रुघाखोकी बिग्रेर हुन्छ। प्राय: बच्चालाई मात्र हुने भनेर बुझिए तापनि यसले बुढेसकालसम्मै दुःख दिन्छ। जाडोमा निकै सावधान रहनुपर्छ। फोक्सोको संक्रमण धेरैजसो किटाणुहरुले गराउँछ।

    एउटा निमोनियालाई केमिकल निमोनिया भनिन्छ। त्यो चाहिँ विष, मट्टितेल जस्ता पदार्थहरुले गराउन सक्छ। तर मुख्य निमोनिया गराउनेचाहिँ किटाणु नै हुन्।

    भरतपुर अस्पतालमा कार्यरत नेपाल पेडियाट्रिक सोसोइटीका उपाध्यक्ष डा युवनिधि बसौलाका अनुसार निमोनिया धेरै प्रकारका हुन्छन्। कसैले जन्मजात पनि निमोनिया लिएर आएका हुन्छन्। भर्खरै जन्मेको बच्चाको ६० भन्दा बढी श्वासदर छ भने निमोनिया भएको भनिन्छ। दुई महिनासम्मको ५० श्वासदर छ र दुई महिनाभन्दा माथिको बच्चाको ४० भन्दा बढी श्वासदर भयो भने निमोनिमया भएको हो। त्यसैले फोक्सोको एक भागमा पनि यसले संक्रमण गर्न सक्छ भने धेरै ठाउँमा फैलिन पनि सक्छ। केमिकल निमोनिया पनि हुन्छ। नेपालमा सरदर एउटा बच्चालाई वर्षमा ४–५ चोटि निमोनिया भएको मानिन्छ।

    कान्ति बाल अस्पतालका निर्देशक डा गणेश राई नेपालमा बाल मृत्यदुरलाई गणना गर्ने हो भने निमोनिया एक नम्बरमा पर्ने बताउँछन्। त्यसपछि झाडापखाला र कुपोषण पर्छ। पाँच वर्षका मुनिका बच्चालाई त्यसमाथि दुई वर्ष मुनिका बच्चाहरुलाई यो बढी हुने गरेको पाइएको छ। निमोनिया रोग जनस्वास्थ्य सम्बन्धी एकदम संवदनशील विषय हो।

    उनी भन्छन्, ‘निमोनियाबाट बच्न नसकिने होइन। रुघाखोकी त संसारको जुनसुकै कुनामा पनि लाग्छ। तर रुघाखोकी लागेपनि विकसित देशमा निमोनिया हुने सम्भावना कम हुन्छ। किनकि उनीहरुको पोषणको अवस्था राम्रो छ। सबै बच्चाहरुले खोप लिएका हुन्छन्। वातावरण राम्रो छ। रोगसँग लड्न सक्ने क्षमता राम्रो हुन्छ। त्यसैले बाल मृत्युदर विदेशमा कम हुन्छ।’

    तर, नेपाल जस्तो देशमा रुघाखोकी बिग्रेर निमोनिया लाग्ने सम्भावना बढी हुने उनको अनुभव छ। नेपाली बच्चाहरु कुपोषित हुन्छन्। रोगसँग लड्न सक्ने क्षमता कम हुन्छ। उनीहरुले सबै खोप पनि पाउँदैनन्। सरकारले दिइराखेको खोपले पनि निमोनिया रोक्ने काम गर्छ। बच्चालाई चिसोबाट जोगाउने, न्यानो पारेर राख्ने गर्नुपर्छ। त्यसैगरी धुलोधुँवाबाट बचाउनुपर्छ।

    डा युवनिधि बसौला भन्छन्, ‘निमोनियाको लक्षण देखे तुरुन्त जँचाउने, नियमित खोप दिने गर्नुपर्छ। भिटामिनको दबाई खुवाएको खण्डमा ३० प्रतिशत निमोनिमयाको जोखिम कम हुने हुन्छ। समयमा उपचार गर्न सकिएन भने ज्यान नै जाने खतरा हुन सक्छ।’

    निमोनियाका लक्षण

    खोकी लाग्ने,
    चाँडो–चाँडो श्वास फेर्ने,
    कोखामा हान्न (श्वास फेर्दा छाती र करङको भाग धस्सिने)
    श्वास फेर्न गाह्रो हुने,
    खोकी लाग्ने,
    दुध चुस्न नसक्ने आदि ।

    निमोनियाबाट कसरी जोगिने?
    बच्चालाई जन्मेदेखि ६ महिनासम्म आमाको दुध मात्र खुवाउने गर्नुपर्छ। ६ महिनापछि अरु खानेकुरा जस्तै दुई वर्षसम्म स्तनपान गराउनुपर्छ । जसले गर्दा एक त बच्चाको पोषण पनि राम्रो हुन्छ। त्यो बाहेक स्तनपानले रोगसँग लड्ने क्षमता पनि बढ्छ। आमाको दूधमा पोषक तत्वबाहेक रोगसँग लड्ने क्षमता हुने चिकित्सकहरु बताउँछन्।

    निमोनियमा बचाउन सफासँग हात पनि धुन चिकित्सक सुझाउँछन्।

    प्रदूषण बढेको छ। जताततै फोहोर नै फोहरै छ। हात नधोईकनै बच्चालाई समात्ने, बच्चालाई अँगालो हाल्ने काम गर्न नुहने डा राई बताउँछन्। यसो गर्दा हाम्रो हातमा किटाणु बच्चालाई पनि सर्न हुन्छ । सुरुमा हात धुने र त्यसपछि मात्रै बच्चा समात्ने गर्न चिकित्सक सल्लाह दिन्छन्।

    सरकारले दिन सुझाएका सवै खोपहरु दिन चिकित्सकहरुको आग्रह छ। खोपहरु पनि निमोनियाबाट जोगाउने उनीहरु बताउँछन्। यसबाहेक खानपा

    सोमबार, कार्तिक २६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा
    जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
    छात्रवृत्ति अनुदानमा देखिएको कानुनी रिक्तता अन्त्य
    राप्ती गाउँपालिका पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा
    गौमुखीमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर, २७७ जनाले लिए सेवा
    प्यूठानमा ७७ बालबालिका कडा कुपोषित

    लोकप्रिय

    • १.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो

    • २.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • ३.
      गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    • ४.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा

    • ५.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै

    • ६.
      इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा

    भर्खरै

    • १.
      धान दिवसमा उत्कृष्ट कृषक सम्मानित, कृषि भूमि संरक्षणमा जोड

    • २.
      सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

    • ३.
      लगातार दोस्रो महिना कार्यसम्पादनमा अब्बल बन्यो प्यूठान प्रहरी

    • ४.
      जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै

    • ५.
      दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

    • ६.
      भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

    • ७.
      लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु, २५ लाख बिरुवा रोप्ने लक्ष्य

    • ८.
      धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation