गुल्मीमा जिप दुर्घटनामा ३ को मृत्यु, ६ जना घाइते

जनक पन्थ, गुल्मी । गुल्मीमा जिप दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । गएराती जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१० पाँचराते भन्ने स्थानमा दुर्घटनामा परेर मुसिकोट नगरपालिका वडानम्बर–२ जलजले बस्ने ७० वर्षका क्षेत्रबहादुर थापा, ४६ वर्षकी राधिका थापा र वडानम्बर–३ नेटा बस्ने १९ वर्षकी संगिता सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक महेश्वर उपाध्यायले बताउनु भयो ।
दुर्घटनामा परेर ६ जना घाइते भएको छन् । बुटवलबाट तम्घास तर्फ आउदै गरेको लु १ ज ४४९० नम्बरको जिप आफै अनियन्त्रित भई सडक देखि ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
घाइतेहुनेहरुमा मुसिकोट नगरपालिका वडानम्बर–२ जलजला बस्ने गाडी चालक २६ वर्षको कमल थापा, ४३ वर्षकी खिमा थापा, ३८ वर्षकी जुना थापा, ३६ वर्षको राजु थापा, वडानम्बर–३ नेटा बस्ने ४७ वर्षकी सुमित्रा सुनार र चितवन जिल्ला भरतपुर उपमहानगरपालिक बस्ने ५० वर्षकी राधा के.सी. घाइते भएको प्रहरी निरिक्षक उपाध्यायले बताउनु भयो । जिपमा सवार ९ जना घाइते मध्ये ३ जनाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
अरु घाइते ५ जनाको अबस्था मध्यम रहेको र उनिहरुको पाल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते एकजना सामान्य उपचार पछि घर फर्केका छन् । दुर्घटना भएको खबर प्राप्त हुनसाथ प्रहरी उपरिक्षक .गोपालचन्द्र भट्टराईको कमाण्डमा २० जना, सशस्त्र प्रहरी बल उर्लेनी गुल्मीबाट सशस्त्र प्रहरी नायव निरिक्षक ध्रुव भुषालको कमाण्डमा १० जना र संग्राम सर्दुल गुल्म धागिथुमबाट उपसेनानि हिकमतबहादुर चन्दको कमाण्डमा १२ जनाको टोली खटीई उद्धार गरेका थिए ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...