बुटवलका मेयरलाई मुक्का हान्ने युवक पक्राउ

रूपन्देही । पहिराे क्षेत्रकाे अवलाेकन गर्न गएका
बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने स्थानीय गणेश पंगेनीलाई प्रहरीले पक्राउ गरेकाे छ ।
साेमबार बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरमा गएकाे पहिराेकाे अवलोकन गर्न प्राविधिकसहितकाे टाेली लिएर मेयर सुवेदी साे क्षेत्रमा गएका थिए । घटनापछि बुटवल उपमहानगरपालिका र एमालेले उनलाई पक्राउ गरि छानविन गर्न माग गरेकाे थियाे ।सोमबार साँझ प्रहरीले बुटवलबाट उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका पंगेनीलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको डीएसपी मदन कुँवरले जानकारी दिए । उनी एमाले निकट अनेरास्ववियुका जिल्ला सदस्य हुन् ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...