कोरोना सङ्क्रमित युवकको होम आइसोलेशनमै मृत्यु

बर्दिया । बर्दियामा कोरोना सङ्क्रमित एक युवकको होम आइसोलेशनमै मृत्यु भएको छ ।

बर्दियाको बारबर्दिया नगरपालिका–८ का ३८ वर्षीय कोरोना सङ्क्रमित युवकको होम आइसोलेशनमा मृत्यु भएको हो । वैशाख १७ गते बाँसगढीको माछागढमा रहेको कोभिड अस्पतालमा एन्टिजेन परीक्षण गराउँदा मृतक युवक र उनकी श्रीमतीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

रिपोर्ट पोजेटिभ आएपछि होम आइसोलेशनमा बस्दै आएका युवाको अस्पताल लैजाने क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बर्दियाका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिएका छन् ।

बर्दिया जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...