भैँसीले हान्दा महिलाको मृत्यु

देउखुरी । दाङमा भैँसीले हानेर एक महिलाको मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नम्बर ६ बालापुर निवासी ५५ वर्षीया राधा यादवको बुधबार मृत्यु भएको हो ।

चराएर घर फर्कने क्रममा आफ्नै घरमा पालेको भैँसीले उनलाई हानेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । घाइते यादवको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको थियो ।

Sharing Now!

You might also like

Comments are closed.