पाल्पा । पाल्पामा थप २ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
Advertisement
स्वास्थ्य कार्यालय पाल्पाका अनुसार तानसेन प्रभासस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचाररत एक महिला र एक पुरुषको मृत्यु भएको हो ।
पूर्वखोला गाउँपालिका –३ की ६९ वर्षीया महिला र एक जना रुपन्देही तिलोत्तमा नगरपालिका–३ का ७४ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।