पूर्वमन्त्री शर्मालाई कोरोना संक्रमण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वमन्त्री जनार्दन शर्मालाई कोरोना भाइरस संक्रमण भएको छ ।

कोरोनाको शङ्का लागेर स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको नेता शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी गराएका छन् ।

शर्माले केही दिनयता आफूसँग सम्पर्कमा आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन आग्रहसमेत गरेका छन् ।

Sharing Now!

You might also like

Comments are closed.