बुटवलमा कोरोनाबाट थप दुई जनाको मृत्यु

रुपन्देही । बुटवलस्थित कोरोना विशेष अस्पतालमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका –११ र १७ का दुई संक्रमितको मृत्यु भएको हो । कोरोना पोजेटिभ देखिएर असोज २४ गते अस्पताल भर्ना गरिएका देवीनगरका ४७ वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको हो । त्यसैगरी कोरोना पोजेटिभ देखिएपछि असोज २७ गते अस्पताल ल्याइएका मोतीपुरका ८१ वर्षीय वृद्धको बुधबार बिहान ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

दुबै बिरामी भेन्टिलेटरमा उपचाररत थिए । योसँगै बुटवल अस्पतालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।

Sharing Now!

You might also like

Comments are closed.