काठमाडौँ । बर्दियामा एक पुरुषको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको छ ।
Advertisement
मृत्यु हुनेमा बढैयाताल गाउँपालिका–८ कण्ठपुरका ५० वर्षका कर्णबहादुर सुनार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आफ्नै एक तले घरको छतमा सुत्न जाने क्रममा लडेर घाइते भएका उनलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ ।
प्रहरीले ति पुरुष मादक पदार्थ सेवन गरेर सुतेको बताएको छ ।