रुपन्देही क्षेत्र नंवर १ मा २५ करोड बढी बजेट, कहाँ कति पर्‍यो ?

सुरज भट्टराई, रुपन्देही । प्रदेश सभा सदस्य डा.कृष्ण प्रसाद न्यौपानेले प्रदेश ५ सरकारद्धार आर्थिक बर्ष २०७६/७७ र ७७/७८ मा बिनियोजित बजेटको विषयमा रुपन्देहीको देबदहमा क्रीयाशिल पत्रकारहरुसंग छलफल गर्नुभएको छ ।

सांसद न्यौपानेले रुपन्देही क्षेत्र नंवर १ का सबै स्थानलाई समेटेर बजेट बिनियोजन भएको छलफलमा बताउनु भएको छ । सांसद न्यौपानेले आर्थिक बर्ष ७६/७७ मा विनियोजन भएको २२ करोड ३८ लाख मध्य जेठ २५ सम्म ६५ प्रतिसत काम सम्पन्न भैसकेको बताउदै असार अन्तिम सम्म ८० प्रतिसत काम सम्पन्न हुने बताउनुभयो । गएको आर्थिक बर्षमा तटबन्ध तर्फ सत प्रतिसत काम भएको र जनता आवास कार्यक्रम तर्फ ९० प्रतिसत काम सम्पन्न भएको जानकारी दिनुभयो । उहाका अनुसार चालु आर्थिक बर्षको लागि २५ करोड ६३ लाख बजेट विनियोजन भएको छ । जसमा सडकको लागि ७ करोड २० लाख , पर्यटनको लागि ६० लाख, कृषिको लागि २ करोड ४८ लाख, सिचाईको लागि ५ करोड ३० लाख, खानेपानीको लागि ३ करोड १५ लाख , शहरी पुर्वाधार विकासको लागि १ करोड ८० लाख, ग्रामीण विकास तथा रोजगार कार्यक्रमको लागि १ करोड ९० लाख,तटबन्धको लागि ५० लाख , शिक्षाको लागि १ करोड र जनता आवास कार्यक्रमको लागि ४ करोड ३२ लाख (जिल्ला भरिको लागि) रहेको छ ।

उक्त छलफल कार्यक्रममा नेकपा नगर कमिटी अध्यक्ष प्रकाश अर्याल, दिपेस मल्ल र विभिन्न मिडियाका प्रत्रकारहरुको उपस्थिति रहेको थियो । साथै देवदहमा क्रीयाशिल पत्रकारहरु समेत छलफलमा सहभागी रहेका थिए।

आर्थिक बर्ष २०७७/७८ ( वार्षिक कार्यक्रममा समावेश भएका आयोजना तथा कार्यक्रमहरु ) रुपन्देही क्षेत्र नं १(१) :-

डा. कृष्ण प्रसाद न्यौपाने

प्रदेश सभा, प्रदेश नं ५

बुटवल, नेपाल

कुल बजेट : २५ करोड ६३ लाख /-

सडक

१) भगवान भन्सार देखि खैरेनी माथागढीबाट पाल्पा जोड्ने सडक स्तरोन्नति – रु ५ करोड

२) देवदह भण्डारी टोल देखि लक्ष्मी टोल सहदवानिया जमुवानी हुदै बोधबार दसगजा सिमाना सडक- रु २ करोड

३) खैरेनी गुरुङटोला ढेकावर जाने सडक – रु १० लाख

४) देवदह सूर्यपुरा बसन्तपुर हुदै तिलोत्तमा कान्छी बजार जोड्ने सडक रु १० लाख

कुल बजेट – ७ करोड २० लाख /-

पुल

१) बंगाली खोला पुल देवदह पिपरहिया डमरुवा केरवानी सडक- रु २ करोड ५० लाख

पर्यटन

१) रोहिणी नदि तटबन्ध हरियाली तथा सौन्दर्यकरण – रु १० लाख

२) गौतम बुद्ध राष्ट्रिय उधान – रु २० लाख

३) सेमरहवा सामुदायिक पार्क – रु २० लाख

४) देवदह ६, जैविक विविधता पार्क – रु १० लाख

कुल बजेट – ६० लाख /-

कृषि

१) स्मार्ट कृषि, देवदह ९, घोडाहा क्रमागत – रु ३० लाख

२) साना कृषि औजार तथा यन्त्र उपकरण अनुदान(देवदह) – रु १७ लाख ५० हजार

३) साना कृषि औजार तथा यन्त्र उपकरण अनुदान(रोहिणी) – रु १७ लाख ५० हजार

४) साना कृषि औजार तथा यन्त्र उपकरण अनुदान(ओम सतिया) – रु १७ लाख ५० हजार

५) साना कृषि औजार तथा यन्त्र उपकरण अनुदान(तिलोत्तमा न.पा.) – रु १७ लाख ५० हजार

६) कोभिड प्रभावित भई गाउ फर्केका कृषकहरुलाई उत्पादन सामग्रीमा अनुदान(देवदह)- रु २० लाख

७) कोभिड प्रभावित भई गाउ फर्केका कृषकहरुलाई उत्पादन सामग्रीमा अनुदान(तिलोत्तमा न.पा.)- रु २० लाख

८) कोभिड प्रभावित भई गाउ फर्केका कृषकहरुलाई उत्पादन सामग्रीमा अनुदान(रोहिणी)- रु २० लाख

९) कोभिड प्रभावित भई गाउ फर्केका कृषकहरुलाई उत्पादन सामग्रीमा अनुदान(ओम सतिया)- रु २० लाख

१०) एक स्थानिय तह एक उत्पादन(देवदह)- रु १७ लाख

११) एक स्थानिय तह एक उत्पादन(तिलोत्तमा न.पा.)- रु १७ लाख

१२ ) एक स्थानिय तह एक उत्पादन(रोहिणी)- रु १७ लाख

१३) एक स्थानिय तह एक उत्पादन(ओम सतिया)- रु १७ लाख

कुल बजेट – २ करोड ४८ लाख /-

सिंचाई

१) रोहिणी सिंचाई योजना – रु २ करोड २५ लाख

२) कलुवा सिंचाई योजना – रु १० लाख

३) भवानीपुर देवी दमार सिंचाई योजना, देवदह ४ – रु १ करोड

४) बघेला बाध सिंचाई योजना – रु १५ लाख

५) देवी स्थान ट्युबवेल, देवदह २ – रु ३५ लाख

६) डीप ट्युबवेल, बोधबार-रोहिणी-

७) देवदह डिप ट्युबवेल, देवदह ८ – रु १० लाख

८) सिगाहा डिप ट्युबवेल, देवदह ४ – रु ३० लाख

९) पाकरी डिप ट्युबवेल – रु २५ लाख

१०) रोहिणी बोधबार डिप ट्युबवेल – रु ३० लाख

११) गुरुङ टोला डिप बोरिङ्ग सिंचाई, देवदह ५ – रु १० लाख

१२) ति. न. पा. महुवारी सिंचाई कुलो निर्माण- रु १० लाख

कुल बजेट – ५ करोड ३० लाख /-

खानेपानी

१) देवीस्थान खानेपानी आयोजना – रु १० लाख

३) धकधई खानेपानी आयोजना- रु २० लाख

४) पजरकट्टी खानेपानी आयोजना – रु ३० लाख

५) मायादेवी खानेपानी आयोजना – रु १० लाख

७) बोधबार ७, पम्पिंग खानेपानी आयोजना – रु १० लाख

७) देवदह ११, १२ र ओम सतिया खानेपानी आयोजना – रु ७० लाख

८) भू पु सैनिक खानेपानी आयोजना, तिनपा – रु ६० लाख

९) सेमरहवा- छिपागढ़ खानेपानी आयोजना, रोहिणी ४- रु १५ लाख

१०) सेमरहवा खानेपानी आयोजना, रोहिणी – रु २० लाख

११) तिलोत्तमा ११ मा भुल्के खानेपानी आयोजना, रुपन्देही- रु ७० लाख

कुल बजेट – ३ करोड १५ लाख /-

शहरी पूर्वाधार विकास

१) देवदह खैरेनी, भलुही र चरंगे बजारमा इन्टरलकिंग ब्लक प्रयोग गरी सडक तथा फुटपाथ निर्माण – रु १ करोड

३) महिला सामुदायिक भवन, रोहिणी गा.पा. ६ चम्किपुर – रु १० लाख

४) बुद्ध मिलन सामुदायिक भवन, देवदह ८ – रु १० लाख

५) देवदह सहिद स्मृति प्रतिष्ठान, देवदह ७ – रु १० लाख

६) देवदह लायन्स आखा अस्पताल पर्खाल निर्माण, देवदह ५ – रु १० लाख

७) महिला सामुदायिक भवन निर्माण, रोहिणी ६ – रु १० लाख

८) पालिका कोशेली घर(प्रदर्शनी तथा बिक्रि कक्ष), देवदह- रु १० लाख

९ ) पालिका कोशेली घर(प्रदर्शनी तथा बिक्रि कक्ष), रोहिणी- रु १० लाख

१०) पालिका कोशेली घर(प्रदर्शनी तथा बिक्रि कक्ष), ओम सतिया – रु १० लाख

कुल बजेट – १ करोड ८० लाख /-

ग्रामीण विकास तथा रोजगार कार्यक्रम

मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम(देवदह) – रु ७० लाख

मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम(रोहिणी) – रु ६० लाख

मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम(ओम सतिया) – रु ६० लाख

कुल बजेट – १ करोड ९० लाख

 

तटबन्ध (जल उत्पन्न प्रकोप न्यूनीकरण)

१) आकस्मिक प्राकृतिक प्रकोप नियन्त्रण कार्यक्रम (रोहीणी ) – रु ५० लाख

शिक्षा

१) श्री शिवपुर मा. वि. कक्षा कोठा निर्माण, तिनपा ११ – रु १० लाख

२) जनता आ. वि. देवदह ११ – रु १० लाख

३) साईबाबा विधापिठ आधारभुत विधालय, देवदह ६ – रु १० लाख

४) कोटई आधारभुत विधालय, देवदह ३, सिसपुर – रु १० लाख

५) सरस्वती मा. वि., देवदह न.पा. १ – रु १० लाख

६) पिपरहवा मा. वि., रोहिणी गा.पा. ५ – रु १५ लाख

७) ज्ञान ज्योति मा. वि., देवदह न.पा. ८ – रु १० लाख

८) मदरसा अरबिया असर्फिया अहले सुन्नत कक्षा कोठा निर्माण, रोहिणी गा.पा. ३ – रु १५ लाख

९) छोटकी रामनगर मा. वि. भवन मर्मत तथा फर्निचर निर्माण, ओमसतिया ६ – रु १० लाख

कुल बजेट – १ करोड /-

जनता आवास कार्यक्रम

२८) जनता आवास कार्यक्रम, दलित मुस्लिम एवं सिमान्तकृत गरिब किसानहरुको घर निर्माण(१८ घर धुरी) – रु ४ करोड ३२ लाख

सम्भावित कार्यक्रम

१) होमस्टे सांस्कृतिक घर निर्माण र परम्परागत बाजा तथा भेषभुषा संरक्षण – २ करोड

२) कृषि प्रतिफलमा आधारीत प्रोत्साहन अनुदान – ३ करोड

४) स्थानिय तहसँगको सहकार्यमा करार खेती कार्यक्रम ७७/७८ – २ करोड ४० लाख

५) स्मार्ट कृषि गाउ कार्यक्रम ७७/७८ – २ करोड ५० लाख

६) लक्षित समूह/समुदाय(दलित, भूमिहीन, विपन्न) रहेका गेइब नागरिकहरुका लागि सीप विकास तालिम तथा अनुदान सहयोग कार्यक्रम- ३ करोड

७) सहकारी बजार स्थापना कार्यक्रम – १ करोड ५० लाख

८) कृषिकर्मी रोजगारी कार्यक्रम – ६ करोड

९) स्थानीय तहसँगको सहकार्यमा शितभण्डार निर्माण कार्यक्रम – ४ करोड

१०) भेटेनरी रिफरल अस्पताल निर्माण, रुपन्देही – ७ करोड

११) स्थानीय तहसँगको सहकार्यमा गौसाला स्थापना तथा संचालन कार्यक्रम – १ करोड

१२) चट्याङ्ग एफ एम को सुरक्षा कार्यक्रम – ५० लाख

१३) अध्ययनबाट सम्भाव्य देखिएका योजनाहरुको निर्माण-रुपन्देही, २५ लाख(पृष्ठ १००)

१४) सार्वजनिक शैचालय निर्माण, रुपन्देही – ३ करोड ५० लाख(पृष्ठ १२०)

१५) संचालन भईरहेको खा. पा. आयोजनाहरुको मर्मत, सुधार तथा विस्तार गर्नुपर्ने भए मन्त्रालयको स्वीकृति लिई कार्य गर्ने, रुपन्देही- ६० लाख (पृष्ठ १२१)

१६) विज्ञान पुस्तकालयहरुलाई सहयोग कार्यक्रम- ७० लाख

१७) ल्याब तथा कक्षाकोठा सुदृढीकरण कार्यक्रम – २ करोड ४० लाख

१८) विधालयहरुमा शैचालय निर्माण – ७ करोड २० लाख

१९) विधालयहरुमा कम्पाउण्डवाल निर्माण – २ करोड ३० लाख

२०) विधालयहरुमा कक्षाकोठा निर्माण – ४ करोड ८० लाख

२१) सामुदायिक विधालयमा अध्ययनरत मुस्लिम र दलित समुदायका छात्राहरुलाई कक्षा ११ र १२ अध्ययनका लागि मासिक रु १००० का दरले छात्रवृति – २० लाख

२२) सामुदायिक क्याम्पसको पूर्वाधार निर्माण अनुदान – १० करोड

२३) सामुदायिक क्याम्पसमा अध्ययनरत जेहेन्दार विधार्थीका लागि उच्च शिक्षा छात्रवृति- ५० लाख

२४) नमुना विधालय निर्माण- १ करोड ५० लाख

२५) धार्मिक विधालयहरुको पूर्वाधार निर्माण – १ करोड

२६) सिमा क्षेत्रका विधालयहरुको पूर्वाधार निर्माण – ६ करोड

२७) श्रमिकहरुको Skill Upgrading Training – १ करोड

Sharing Now!

You might also like

Comments are closed.