अर्घाखाँची। बाँदरबाट हुने कृषि बालीको क्षति न्यूनीकरण गर्न डिभिजन वन कार्यालय अर्घाखाँचीले २६ जना बाँदर हेरालु नियुक्त गरी प्रभावित क्षेत्रमा परिचालन गरेको छ।
कार्यालयले हालै प्रकाशित सूचनाअनुसार छनोट भएका हेरालुहरूलाई बाँदरको उपद्रव बढी रहेका क्षेत्रमा खटाएको हो। उनीहरूले स्थानीय किसानसँग समन्वय गर्दै खेतबारीमा बाँदर प्रवेश रोक्ने र बाली संरक्षणमा सहयोग गर्नेछन्।
अर्घाखाँचीमा बाँदरका कारण मकै, धान, तरकारीलगायतका बालीमा वर्षेनी ठूलो क्षति हुँदै आएको छ। त्यसबाट किसान प्रत्यक्ष प्रभावित भएपछि स्थानीयस्तरमै हेरालु परिचालन गर्ने कार्यक्रम लागू गरिएको डिभिजन वन कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार हेरालु परिचालनसँगै स्थानीय समुदाय, सामुदायिक वन उपभोक्ता समूह तथा सरोकारवाला निकायसँगको सहकार्यलाई पनि सुदृढ बनाइनेछ। यसबाट मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्दै कृषि उत्पादन संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
अर्घाखाँचीमा २६ बाँदर हेरालु परिचालन
अर्घाखाँचीमा २६ बाँदर हेरालु परिचालन
Advertisement
तपाईको प्रतिक्रिया