थप ३६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५८४ पुग्यो

काठमाडौं । नेपालमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ५८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमित हुनेमा बैतडीका ४, झापाका १, बाँकेका २७, बर्दियाका १ र सुर्खेतमा ३ जनामा संक्रमण देखिएको बताए ।

यसअघि शनिबार बिहान थप ३२ जनामा संक्रमण पुष्टि भएको थियो । मन्त्रालयका अनुसार शनिबारसम्म नेपालमा आरडीटी विधिबाट ८६ हजार २ सय ३५ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ४५ हजार ९ सय ५७ परीक्षणहरु गरिएका छन् ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.