• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, माघ ०९, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

गुल्मी–२ बाट कांग्रेसका क्रियाशील सदस्य सुरेन्द्र पाण्डेको स्वतन्त्र उम्मेदवारी

बौद्धिक अपाङ्गता भएका बालबालिकालाई खनाल फाउण्डेशनद्वारा पोशाक वितरण

प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि नीति परिवर्तनसम्म

३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने

प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी मैदान

प्युठानमा १४ जनाको मनोनयन दर्ता

प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

लोकप्रिय समाचार

  • १. सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

  • २. एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

  • ३. प्युठानमा १४ जनाको मनोनयन दर्ता

  • ४. प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

  • ५. ३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने

  • ६. प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि नीति परिवर्तनसम्म

  • ७. प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी मैदान

  • ८. घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

  • ९. नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

  • १०. बौद्धिक अपाङ्गता भएका बालबालिकालाई खनाल फाउण्डेशनद्वारा पोशाक वितरण

पत्रकार महासंघ गुल्मीले आफनै भवनलाई आइसोलेशन बनाउने


  •   शनिबार, जेठ १०, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । पत्रकार महासंघ गुल्मीले डेढ लाखको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोष स्थापना गर्ने निर्णय गरेको छ । पत्रकार महासंघ जिल्ला कार्य समितिको बैठकले पछिल्लो समय पत्रकार तथा संचारकर्मीहरुमा पनि कोरोना संक्रमण देखिएकाले कोषको स्थापना र महासंघकै अतिथी गृहलाई आइसोलेशन हाउस बनाउने निर्णय गरिएको पत्रकार महासंघ गुल्मी शाखाका अध्यक्ष नवराज भुसालले बताए ।
    क्रियाशिल पत्रकार मध्ये कसैलाई कोरोना पोजिटिभ देखिए महासंघको आफनै भवनलाई आइसोलेशन हाउस बनाउने भएको अध्यक्ष भुसालले बताए । महासंघ गुल्मीले निर्माण गरेको आफनै भवनका २ कोठा आइसोलेशन हाउस बनाउनको लागि तयारी अबस्थामा राखिएको छ ।
    महासंघ केन्द्रिय कार्यालयलाई जिल्ला शाखाका सदस्यहरुको सदस्यता नविकरण छुट दिन माग गरेको । यो संकटको बेला पत्रकार कार्यरत संचारगृह आफै समस्या परेको र पत्रकारको आर्थिक अवस्था संकटमा परेकाले सकेसम्म सवै शुल्क नभए वा बिशेष छुट प्रदान गर्न बैठकले आग्रह गरेको छ ।
    महासंघ गुल्मीले जिल्लामा क्रियाशिल पत्रकार तथा संचारकर्मी र संचारगृहलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । सवै पत्रकारलाई २० थान माक्स र दुई मिलिलिटर सेनिटाइजर तथा संचार गृहलाई एक सय थान माक्स र एक लिटर सेनिटाइजर वितरण गरिएको पत्रकार महासंघका सचिव टोपलाल अर्यालले बताए ।
    पत्रकार महासंघलाई नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल, एकिकृत ग्रामीण विकास समाज, स्वास्थ्य कार्यालय, धुर्कोट गाउँपालिका, गुल्मी उद्योग वाणिज्य संघ र महेश फर्माले माक्स तथा सेनिटाइजर सहयोग गरेका थिए । महासंघका अध्यक्ष भुसालले सहयोग गर्ने विभिन्न संघसंस्थालाई आभार प्रकट गर्दै आगामी दिनमा थप समन्वय आवश्यक रहेको बताए ।
    पत्रकार महासंघको बैठकले जिल्लाका संचारगृहमा कार्यरत संचारकर्मीले कोरोना संक्रमणको बेला नियमित पारिश्रमीक पाए नपाएको, अरु मिडियामा काम गर्ने श्रमजिवी पत्रकारहरुको अवस्थाको बारेमा अनुगमन गर्ने भएको छ । जसको लागि पत्रकार महासंघ जिल्ला कार्यसमिति सदस्य छवि पाण्डेयको संयोजकत्वमा महासंघको पुर्व अध्यक्ष जर्नादन घिमिरे, अनिल खत्री र तिलाचन पाण्डेय सदस्य रहेको समिति गठन गरेको छ ।
    समितिले संचारगृहका कार्यरत कर्मचारीको अवस्था अनुगमन गरेपछि पारिश्रमीक दिन दवाव दिने पत्रकार महासंघका सचिव अर्यालले जानकारी दिए । उनले बैठकले लकडाउनको अवस्था बढ्दै गएकाले पत्रकार राहत प्याकेज बनाउन स्थानीय तह र विभिन्न संघसंस्थासंग आवश्यक आर्थिक सहयोगको लागि समन्य गर्न समिति गठन गरिएको बताए ।
    बैठकले कार्यसमिति सदस्य रेशम कुवर संयोजक, केन्द्रिय पार्षद प्रेम सुनार र पत्रकार महासंघका सचिव टोपलाल अर्यालले समन्वयको गर्ने जिम्मेवारी प्रदान गरेको छ ।

    Advertisement

    शनिबार, जेठ १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली कांग्रेस निकट स्वास्थ्यकर्मी सङ्घ प्युठानको नयाँ नेतृत्व चयन
    राप्ती प्रतिष्ठानले ५ हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने
    गुल्मीमा पशु बाँझोपन निवारण शिविरबाट ५५ वटा गाईभैंसीमा उपचार
    गुल्मीमा स्वास्थ्य संस्थाहरूको वार्षिक समिक्षा कार्यक्रम सुरु
    राप्ती प्रतिष्ठान र किर्तिपुर जलन अस्पतालबीच सहकार्य, आगामी वर्षदेखि सेवा सुरु हुने
    राप्ती प्रतिष्ठानमा प्रयोगशाला विस्तार, टिकट काउन्टर थपिँदै

    लोकप्रिय

    • १.
      सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना

    • २.
      एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन

    • ३.
      प्युठानमा १४ जनाको मनोनयन दर्ता

    • ४.
      प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

    • ५.
      ३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव

    • ६.
      प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि

    भर्खरै

    • १.
      गुल्मी–२ बाट कांग्रेसका क्रियाशील सदस्य सुरेन्द्र पाण्डेको स्वतन्त्र उम्मेदवारी

    • २.
      बौद्धिक अपाङ्गता भएका बालबालिकालाई खनाल फाउण्डेशनद्वारा पोशाक वितरण

    • ३.
      प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि नीति परिवर्तनसम्म

    • ४.
      ३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने

    • ५.
      प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी मैदान

    • ६.
      प्युठानमा १४ जनाको मनोनयन दर्ता

    • ७.
      प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

    • ८.
      एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation