रोल्पामा ६२ वर्षीय पुरूषको क्वारेन्टिनमा मृत्यु

राजेश नेपाली, रोल्पा । रोल्पा माडीगाउँ गाउँपालिका वडा न. २ पारिवाङमा रहेको क्वारेन्टाइनमा रहेका ६२ वर्षिय एक पुरुषको मृत्यु भएको छ।

माडी गाउँपालिकाका अध्यक्ष नन्दबहादुर पुनका अनुसार काठमाण्डौ ईट्टाभट्टामा नाइकेका रुपमा काम गर्ने छोरासंग दमको उपचारका लागि गएका उनी ५ दिन अगाडि रोल्पा आएका थिए। परिवारसहित गाउँ आएका उनलाई घरमा राख्दा हेरचाह गर्ने कोहि नहुने भएपछि बिद्यालयमा रहेको क्वारेन्टाइनमा राखिएको थियो । अध्यक्ष पुनका अनुसार मृतकलाई केहि वर्ष पहिले टिबी पनि भएको र दम रोगको उपचारका लागि काठमाण्डौ गएका थिए। उनको गए राति ११ मृत्यु भएको हो।
माडी गाउँपालिकाका अध्यक्ष नन्दबहादुर पुनले अनुसार उनको स्वाब परीक्षणका लागि दाङ पठाउने तयारी भइरहेको बताए।

Sharing Now!

You might also like

Comments are closed.