महाराजगंज ५ का दुई सय परिवारले पाए राहत

बृजेश यादव, कपिलवस्तु । कपिलवस्तु महाराजगंज नगरपालिकामा राहत वितरण सुरु गरिएको छ । विगत लामो समय देखी जारी लकडाउनमा परेका महाराजगंज नगरपालिका वडा नं ५ का गरिब विपन्नलाई राहत वितरण गरेको हो । सर्वपक्षिय बैठकमा आएको नामावली अनुसार २ सय गरिब किसान तथा मजदुरहरुलाई राहत वितरण गरेको छ। वडा कार्यलायले सामाजिक दुरी कायम गरी राहत वितरण कार्य गरिएको वडा अध्यक्ष छेदी प्रसाद कुर्मिले जानकारी दिनुभयो ।सर्वपक्षिय बैठकमा आएको नामावली अनुसार २सय गरिब किसान तथा मजदुरहरुलाई राहत वितरण गरिएको अध्यक्ष कुर्मिले बताउनु भयो । गरिब परिवारलाई चामल २५ किलो, दाल २ किलो, नुन १, तेल १ लिटरको पोका लगायतका राहत सामाग्री पोका बनाएर वितरण गरिएको वडा अध्यक्ष कुर्मिले बताए । राहत वितरण कार्य राम्रो भएको महाराजगन्ज नगरपालिकाको नगर प्रमुख अब्दुल कलामले बताउनु भयो । नगर भित्र रहेका सबै वडाको बस्तीहरुमा राहत बितरणको प्रक्रिया अगाडी बढाईएको प्रमुख कलामले बताउनु भयो ।नगरपालिकाको वडा न वडा न ५ मा भई रहेको राहत बितरण कार्यको नगर प्रमुख अब्दुल कलाम,प्रमुख प्रशासकिय अधिकृत वेद प्रसाद खरेल सहितको टोलिले अनुगमन गरेको छ । महाराजगंज नगरपालिका वडा नं ५का गरिब मजदुरहरु राहत पाएपछी गरिब परिवार खुशी भएका छन ।

Sharing Now!

You might also like

Comments are closed.