साबुन पानीले हात धोयर मात्र वडामा प्रबेश

कामना डेली, प्युठान।बिश्वभरि महामारीको रूपमा फैलिएको कोरोना भाइरसलाई नियन्त्रण गर्न युवाहरुले सावुन पानीले हात धोयर मात्र वडा प्रबेश गराउने गरेका छन् । सरुमारानी गाउँपालिका वडा नं १ बाङ्गेसालका स्थानीय ऋषिराम धामी, मोहम्मद सिद्धिक , शरद रायमाझी र बिजय श्रीपाल,सबिर अहमद लगायतका युवाहरुले वडा प्रवेश गर्नेहरुलाई सित्तैमा मास्क र साबुन बितरण गर्दै आएका हुन । वडा भित्रनेहरुलाई लकडाउनको पुर्ण रुपमा पालना गर्न अनुरोध गर्दै निशुल्क मास्क तथा साबुन समेत वितरण गर्दै आएको स्थानिय शरद रायमाझिले बताए। ‘बाटोमा ओहोरदोहोर गर्ने स्थानीयहरुलाई अनिवार्य रुपमा साबुनपानीले हात धुन समेत लगाएका छौ । उने भने,’ ‘हामीलाई स्थानीय व्यवसायी एवं समाजसेवीहरुले समेत साथ दिएका छन ।’ उनिहरुले वडामा रहेका नागरिकहरुलाई घरबाट बाहिर ननिस्कन समेत अपील गरेका छन्।गाउँपालिकाले नागरिकको जनस्वास्थ्यमा फाईदा पुग्ने यस्ता सामाजिक गतिविधिहरुलाई प्रोत्साहन तथा सहयोग गर्नुपर्ने युवाहरुको भनाई छ ।

Sharing Now!

You might also like

Comments are closed.