टेकबहादुर पुन,दाङ। भालुको आक्रमणबाट एकजना घाईते भएका छन्। जिल्लाको लमही नगरपालिका वडा नम्बर ८ बिच्कागाउँ निवासी ४१ बर्षिय भिम बहादुर चौधरीलाई भालुले आक्रमण गरेको हो। डाले घाँस काट्नका लागि जंगल गएका चौधरीलाई शुक्रबार करिब ३ बजे भालुले अाक्रमण गरेको थियो।भालुको टोकाईबाट उनको खुट्टामा गहिरो चोट लागेको छ।घाईते चौधरीको अहिले लमही अस्पतालमा उपचार भईरहेको छ। हाते हतियार नभएको भए आफ्नो मृत्यु समेत हुन सक्ने चौधरीले बताए।चौधरी एक्लै जंगल गएका थिए।
Advertisement