प्यूठानमा बेवारिसे महिलाले बाटोमै बच्चा जन्माईन

राम बहादुर बिश्वकर्मा, प्युठान । प्यूठानमा एक बेवारिसे महिलाले बाटोमै बच्चा जन्माएकि छिन् ।जिल्लाको मल्लरानी गाउँपालिका ५ टाकुरामा दाङ गोलटाकुरी घर बताउने अन्दाजी ३०/३२ वर्षिय महिलाले छोरी जन्माएकी हुन्।बच्चा जन्माइसकेपछी २ सय मिटर तल गएर बसेको अबस्थामा स्थानीय महिलाहरुले बुधबार उनलाई भेटाएका थिए। जिल्ला प्रहरी कार्यालय खलंगा प्युठानका इनिस्पेक्टर तथा सुचना अधिकारी बिष्णु पौडेलले बच्चा र आमा दुवैलाई प्रहरी र स्थानियले उद्वार  गरी स्वास्थ्य चेकजाँचका लागि जिल्ला अस्पताल विजुवारमा पठाइएको जानकारी दिए । ती महिला सामान्य मानसिक असन्तुलन जस्तो पाइएको पौडेलले बताए । महिला र बच्चाको अवस्था सामान्य रहेको प्युठान अस्पतालले जनाएको छ । बच्चाको बुवाको पहिचान हुन सकेको छैन् ।

Sharing Now!

You might also like

Comments are closed.