दाङमा नक्कली पत्रकार पक्राउ

ओमप्रकाश गुप्ता,दाङ  । दाङमा लकडाउनको समयमा आफुलाई पत्रकार बताउँदै सवारी चलाउने एक जना पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ का २८ वर्षिय मेघराज सुुनारलाई प्रहरीले पक्राउ गरेको हो ।तुलसीपुर–६ हात्तिखौवामा प्रहरीले जाँचका क्रममा उनले रिपोटर्स क्लव दाङबाट वितरित खिमबहादुर डिसीको नाममा रहेको परिचय पत्र देखाएका थिए ।आफुलाई पत्रकार भनेर प्रहरीलाई झुक्याउने उनलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले जानकारी दिनुभयो । प्रहरीले उनि सवार बा ८७ प १००६ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।

Sharing Now!

You might also like

Comments are closed.