लमहीमा महिला मृत फेला

टेकबहादुर पुन,दाङ । दाङ्गको लमहीमा एक महिला मृत अबस्थामा फेला परेकि छिन् । लमही नगरपालिका वडा नम्बर ६ देउपुरमा महिलाको शब फेला परेको हो । अन्दाजी ४०/४५ बर्षकि गहुँगोरो भएकि महिलाको शब फेला परेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रज्वल थपलियाले जानकारी दिए ।सुतिरहेकै अबस्थामा उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अाशंका छ । पोष्टमार्टम् का लागि शबलाई लमही अस्पतालमा राखिएको छ । महिलाको पहिचान भने हुन नसकेको प्रहरीले बताएको छ ।

Sharing Now!

You might also like

Comments are closed.