तानसेन नगरपालिकाद्वारा राहत वितरण

पाल्पा। तानसेन नगरपालिकाले ‘लकडाउन’का कारण दैनिक ज्यालादारी गर्ने र विपन्न परिवारलाई राहत वितरण गरेको छ । विपन्न परिवारलाई हात–मुख जोड्नसमेत संकट पर्न थालेपछि त्यस्ता विपन्न परिवारलाई तानसेन नगरपालिकाले राहत वितरण सुरु गरेको हो । तानसेनभित्र दैनिक श्रम गरेर जीविका चलाउने र अन्य जिल्लाबाट आएका मजदुरहरु लकडाउनका कारण घर जान नपाएपछि उनीहरुलाई राहत वितरण गरिएको हो ।पहिलो चरणमा लगत संकलन गरी अतिविपन्न एक हजार २२५ परिवारलाई वडामार्फत् राहत सामग्री वितरण गरिएको हो । उनीहरुलाई परिवारको संख्या हेरी खाद्यान्न वितरण गरिएको जनाइएको छ ।नगरपालिकाले २५ लाख रुपैयाँको कोरोना उद्धार कोष स्थापना गरेको छ भने कोषमा जनप्रतिनिधिहरुले पाँचपटकको बैठक भत्ता जम्मा गर्ने निर्णय पनि गरेका छन् ।

Sharing Now!

You might also like

Comments are closed.