आईएमई संचालक पराजुलिद्वारा निशुल्क खाजा सहयाेग।

बिमल प्रसाद पाेख्रेल,प्युठान।जिल्लाको बाग्दुला निबासी समाजसेबी एवं युवा ब्यबसायि तथा आईएमई संचालक डिल्लीराज पराजुलीले निशुल्क खाजा र पानी बितरण गर्नुभएको छ।प्युठानकाे विभिन्न स्थानमा लक डाउनकाे समयमा प्रचण्ड गर्मिमा पनि शुरक्षामा खटिएका नेपाल प्रहरी र ससस्त्र प्रहरी बलका सुरक्षाकर्मि,एम्बुलेन्स चालक,पत्रकार र प्रहरीलाई खाजा सहित मिनिरल बोतलको पानी बितरण गर्नुभएको हो। त्यस्तै,उहाले बाग्लुङमा ज्याला दारि गरी प्युठान हुँदै पैदल हिडेर अाएका राेल्पाका २३ जना मजदुरलाइ खाजा पानी बितरण गर्नु भएकाे छ ।ति मजदुरहरु बाग्लुङबाट तीन दिन हिडेर प्युठान अाइपुगेकाे मजदुरहरुले बताएका छन। महामारिकाे यश घडिमा सहयाेग पाउँदा अाफु हर्षित भएकाे मजदुरहरुकाे भनाइ छ।पराजुलिले महामारिकाे यश घडिमा अागमि दिनमा पनि अाफु सक्दाे सहयाेग गर्ने बताउनुभयाे।

Sharing Now!

You might also like

Comments are closed.