अध्यक्ष श्रेष्ठले बिपन्नको घरमै पुगेर सहयोग गर्ने

शिवराज खनाल,लमही दाङ। देउखुरी उध्योगवाणिज्य संघका अध्यक्ष रत्न प्रसाद श्रेष्ठले लकडाउनको समयमा कसैलाई समस्या परेमा घरमै पुगेर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
लमहीमा ब्यबसाय गर्दै आएका श्रेष्ठले यो समयमा देउखुरीमा बस्ने कसैलाई दैनिक छाक टार्न मुस्किल परिरहेकालाई खाद्यान्न सहयोग गर्ने जनाएका हुन् । ‘जो कोहि यस्तो समस्यामा हुनुहुन्छ भने ९८५७८४०१६२ मा सम्पर्क गर्न आग्रह गर्दछु’ भन्दै अहिले सम्म केहि सम्पर्कमा आइ सकेको र भोलि नै उनिहरुको घरमा पुगेर सहयोग गर्ने समेत उनले भनेका छन् ।
कोरोनाको संक्रमण फैलन नदिनका लागि सरकारले सबैलाई घरमा बस्न र बाहिर ननिस्कन आग्रह गरिरहेको समयमा दैनिक काम गरी गुजारा चलाउन समस्या हुनेहरुको समस्यामा साथ दिन यस्तो घोषणा गरेको उनले जानकारी गराए ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.