दाङमा ७० सवारी र २७ जना ब्याक्ती प्रहरी नियन्त्रणमा

ओमप्रकाश गुप्ता,देउखुरी। नेपाल सरकारले गरेको लकडाउनको उलंघनको भन्दै दाङका विभिन्न स्थानबाट प्रहरीले तेस्रो दिनमा ७० अोटा सवारी साधानलाई नियन्त्रणमा लिएको छ । भने २५ पुरूष र २ महिला गरि २७ जना नागरिकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९ ) को संक्रमण रोक्नका लागी लकडाउन उल्लंघन गर्ने ७० सवारी साधनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले जानकारी दिएका छन् ।
लकडाउनको तेस्रो दिन जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लकडाउन उलंघन गर्ने ६३ वटा मोटरसाइकल, ४ स्कुटर, १ वटा ट्रेक्टर,१ वटा अटो र १ वटा जिप/कारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक तथा सुचना अधिकृत खड्काले बताएका छन् । नियन्त्रणमा लिइएको सवारीसाधनलाई लकडाउन अवधी सम्म प्रहरी नियन्त्रणमानै राखिने तर पक्राउ परेका नागरिकलाई छोड्ने वा मुद्दा चलाउने भन्ने विषयमा भोली नै थाहा हुने उनले बताए । साथै भोलीबाट थप कडाइ गरिने र पक्राउ गरेर मुद्दा चलाइने प्रवक्ता खड्काले बताएका छन् । साथै उनले कोही पनि नागरिक अति अावश्यक काम बाहेक बाहिर ननिस्कन अाग्रह गरेका छन् ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.