रेनु दाहालको चरित्रहत्या गर्ने एकजना पक्राउ,अरु खोज्दै प्रहरी

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको चरित्रहत्या गरेर फेसबुकमा लेख्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले अश्लील सामग्री पोष्ट गरेको भन्दै ३० वर्षीय पशुपति श्रेष्ठलाई पक्राउ गरेको हो ।मेयरविरुद्ध अश्लिल श्रब्य दृष्य र स्टाटस हाल्नेहरु विरुद्ध महानगरपालिकाले जाहेरी दर्ता गरेसँगै प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हाे। अन्य आरोपीहरुको पनि सूची बनाएर खोजी गरिरहेको प्रहरीले जनाएको छ । दाहालको चरित्रहत्या हुनेगरी फेसबुकमा पोष्ट गरिएका अश्लील श्रब्यदृश्य र स्टाटस हाल्नेहरुबिरुद्ध भरतपुर महानगरपालिकाले आइतवार दिउँसो जिल्ला प्रहरी कार्यालय चितवनमार्फत गृह मन्त्रालय र प्रहरी मुख्यालयमा साइबर क्राइमको जाहेरी दर्ता गरेको थियो ।शनिबार चितवनमा भएको ज्ञानेन्द्र शाही माथिको आक्रमण पछि केही सामाजिक संजालका प्रयोग कर्ताले मेयर रेनु दाहालका तस्विर जोडी अर्धनग्न तस्विर, फेसबुक स्टाटस र फेक आईडी बनाई पोष्ट समेत गरेका थिए ।

Sharing Now!

You might also like

Comments are closed.