दाङमा बसको ठक्करबाट एक जनाको मृत्यु, एक घाईते

सागर थापा,दाङ। दाङमा आज बसको ठक्करबाट मोटरसाईकलमा सवार एक जनाको ज्यान गएको छ भने अर्को एकजना गम्भिर घाईते भएका छन् । घोराही उपमहानगरपालिका वडा नं १४ स्थित व्यस्त बजारमा अम्किेश्वरी यातायात प्रा.लि. मा आबद्ध रा.१.ख. २१०६ नम्बरको बसले रा.१.प. ४१७९ नम्बरको मोटरसाईकललाई ठक्कर दिदां मोटरसाईकलमा सवार घोराही उपमहानगरपालिका वडा नं १५ का १७ बर्षीय प्रदिप जि.सी.को घटनास्थलमै मृत्यु भएको हो भने सोही वडाकै थारुगल्लि बस्ने बर्ष १७ कै सन्तोष चौधरी गम्भिर घाईते भएको दाङ प्रहरीले जनाएको छ । घाईते चौधरीको टाउको र खुट्टामा गम्भिर चोट लागेको छ ।घाईते चौधरीलाई राप्ति श्वास्थ्य बिज्ञान प्रतिष्ठान घोरराहीमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगंज रिफर गरिएको छ ।

Sharing Now!

You might also like

Comments are closed.