दशै नजिकिदैं गर्दा भगवती मन्दिरमा सरसफाइ

अनिल खत्री,गुल्मी।डिभाइन युथ क्लव गुल्मीले अाउदै गरेको बडादशैंको अवसरमा गुल्मी जिल्लाको शक्तिपीठ मानिने भगवती मन्दिर धागिथुममा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । आध्यात्मिक भावनाबाट प्रेरित डिभाइन युथ क्लबका युवाहरु समाजसेवामा समेत लागिपरेका छन् । विपन्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण तथा असहाय अपाङ्गहरुलाई लत्ताकपडा लगायतका सामग्रीहरु समेत वितरण गरिसकेको यस क्लवले विभिन्न मन्दिरहरूमा सरसफाई गर्दै आइरहेका छन् । आफ्नो दैनिक खाजा खर्च कटाई जम्मा गरेको रकमबाट सामग्रीहरू किनेर समाजसेवामा लागि एक उदाहरणीय काम गरेका छन् । राधा माधव समिति नेपाल अन्तरगत गठित divine youth club नेपालका धेरैजसो जिल्लाहरुमा संगठित रुपमा गठन भई सामाजिक कार्यमा लागेका छन् ।

Sharing Now!

You might also like

Comments are closed.