गुल्मीमा अरिङगालले टोकेर वालकको ज्यान गयो

अनिल खत्री, गुल्मी । गुल्मीमा अरिङगालले टोकेर एक जना वालकको मृत्यु भएको छ । जिल्लाको रुरु गाउँपालिका– १ रिडी निवासी १२ पवन अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) मिनबहादुर घलेले बताए ।आइतवार बिद्यालय गएका वाल घरमा फर्किने क्रममा बोटमा रहेको अरिङगाल बादरले हल्लाउदा वालकलाई टोकेको थियो । अरिङगालको टोकाईबाट घाइते भएका वालकको उपचारको लागि पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । गुल्मीमै खोलाले बगाएर े धुर्कोट गाउँपालिका वडा नम्बर–२ पिलधारा निवासी ६४ वर्षिय भिम बहादुर कुँवरलाई पानाहा खोलाले बगाएर मृत्यु भएको छ । कुँवर शनिवार साझ पनाहा खोला तर्ने क्रममा बगाएको थियो ।

Sharing Now!

You might also like

Comments are closed.