प्रहरीले बुझाए भेटिएको नगद

राम बहादुर बिश्वकर्मा,प्युठान। प्रहरीले सडकमा बेवारीसी अबस्थामा भेटाएको १३ हजार ५ सय ४० रुपैया नगद सहितको सामान सम्बन्धित ब्याक्तीलाई हस्तान्तरण गर्दिएका छन । मरन्ठाना प्रहरी चौकीले नियमित गस्तीका क्रममा भेटाएको नगद सहितको सामान बुझाएको हो। प्युठान नगरपालिका ९ जैसिधगेका स्थानिय प्रेम बहादुर जि सिले हराएको नगद,लत्ता कपडा सहितको झोला र मोबाइल जनप्रतिनिधी र स्थानियको उपस्थितीमा जिसिलाई सुरक्षित साथ हस्तान्तरण गरेको प्रहरी चौकी मरन्ठानाका प्रमुख टीका कुवरले जानकारी दिनिभयो। उता हराएको सामान लिन आउने जि सि भने निकै खुसि देखिन्थे ।माया मारिसकेको नगद सहितको झोला पाएपछि प्रहरीलाई जिसिले धन्याबाद दिए ।

Sharing Now!

You might also like

Comments are closed.