खोलाले बगाएर गुल्मीमा एक जनाको ज्यान गयो

अनिल खत्री, गुल्मी । गुल्मीमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर–२ पिलधारा निवासी ६४ वर्षिय भिम बहादुर कुँवरलाई पानाहा खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) मिनबहादुर घलले बताउनु भयो । कुँवर शनिवार साझ पनाहा खोला तर्ने क्रममा करिव डेढ सय मिटर तलसम्म बगाएको थियो । मृतक कुँवरको सवलाई पोष्ट मार्टमको लागि गुल्मी अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

Sharing Now!

You might also like

Comments are closed.