प्रेमिसंग मिलेर श्रीमानकाे हत्या

बुटवल । एक महिलाले परपुरुषसँग मिलेर आफ्नै पतिको हत्या गरेर फालिएको अवस्थामा शव सेफ्टी ट्यांकीबाट भेटिएको छ । नवलपरासीको रामग्राम नगरपालिका ३ घोडपाली बस्ने ३५ वर्षीया सरस्वती पोखरेल पाण्डेले ४१ वर्षीय पति ‘तारा’ भनिने रविन्द्र पाण्डेको अर्का एक जना पुरुषसँग मिलेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । शब सडेगलेको अबस्थामा फेला परेको थियो। मृतक पाण्डे विगत १५ दिनदेखि घरबाट हराएको भन्दै आफन्तले खोजमिनका लागि प्रहरीमा निवेदन दिएका थिए । सरस्वतीले श्रीमान हराएको बारेमा शंकास्पद बयान दिएपछि पक्राउ गरिएको थियो । सरस्वतीले आफूसहित अन्य एक जना व्यक्तिको संलग्नतामा हत्या गरेको वयान दिएको प्रहरीले जनाएको छ ।वयानका क्रममा सरस्वतीको पर–पुरुषको अनैतिक सम्बन्ध रहेको र उक्त सम्बन्ध लुकाउन पतिको हत्या गरिएको बयानमा उल्लेख गरिएको छ ।

Sharing Now!

You might also like

Comments are closed.