हृदयघातबाट कुवेतमा नेपाली महिला कामदारको मृत्यु

कुवेतमा बिगत ६ बर्ष देखि घरेलु कामदारको रुपमा काम गर्दै आएकी नेपाली महिलाको मृत्यु भएको छ । झापा खुदुनाबारी ४ घर भएकी तेज माया पौडेलको मृत्यु भएको हो ।
४३ वर्षीया पौडेलको हृदयघातका कारण मृत्यु भएको जनाएको छ । उनी आफुलार्इ अस्वस्थ महसुस भएपछि फर्वानियास्थित मेट्रो क्लिनिकमा उपचार गराउन गएकी थिइन्।
मेट्रोले साधारण उपचार गराइ एम्बुलेन्स मार्फत फर्वानिया हस्पिटलमा रिफर गरेको थियो। फर्वानिया हस्पिटलमा उपचार गर्दा गर्दै डाक्टरले उनलाइ मृत घोषणा गरेका थिए । यता नेपाली राजदुतावास कुवेतले मृतकको शव नेपाल पठाउन प्रक्रिया अगाडी बढिरहेको जनाएको छ ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...