प्युठान — प्युठान जिल्लामा शनिबार साँझदेखि लगातार भारी वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार जिल्लाको स्याउलिबाङ वर्षा मापन केन्द्रमा अत्यधिक वर्षा मापन गरिएको छ।
महाशाखाले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा सेउलिबाङमा १९६.६ मिलिमिटर वर्षा मापन भएको छ। यो मात्रा सामान्य भन्दा धेरै भएकाले साना खोला–नालामा आकस्मिक बहाव हुने सम्भावना रहेको विभागले जनाएको छ।
साथै, महाशाखाले जोखिमयुक्त स्थानमा सतर्कता अपनाउन र नजिकको खोलानाला आसपासमा अनावश्यक आवतजावत नगर्न आग्रह गरेको छ। स्थानीयवासीलाई सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै सुरक्षित स्थानमा रहन तथा आवश्यक पूर्वतयारी गर्न अनुरोध गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै कर्णाली, सुदूरपश्चिम, लुम्बिनी प्रदेशका पहाडी भू-भाग र तराईका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने जानकारी गराएको छ ।
प्युठानमा भारी वर्षा, साना खोलानालामा आकस्मिक बाढीको जोखिम
प्युठानमा भारी वर्षा, साना खोलानालामा आकस्मिक बाढीको जोखिम

Advertisement
तपाईको प्रतिक्रिया