आहा खबर
सोलुखुम्बु, असोज २५/ विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको जिल्ला सोलुखुमबुमा सिसा जन्य पर्दाथ प्रयोग तथा प्रवेशमा निशेध गरिएको छ । जिल्लाको महाकुलुङ गाउँपालिकामा सिसीबोतल आयत गर्न स्थानिय सरकारले प्रतिवन्ध गरेको हो ।
Advertisement
वातावरण तथा मानव स्थास्थ्यमा असर गर्ने भएकाले बिहिबार सुचना प्रकाशित गर्दै स्थानिय सरकारले प्रतिबन्ध गरेको जनाएको छ । सिसा तथा सिसाजन्य सामाग्रिको आयातले वातावरण र मानव स्वास्थ्यमा प्रतिकुल असर गर्ने साथै यस्लाई नष्ट गर्न समेत नसकिने हुँदा यस्तो निर्णय गरिएको गाउँ पालिकाका अध्यक्ष सागर किराँतीले बताए ।
पदयात्रा मार्फत सगरमाथा लगायत विभिन्न हिमश्रृंखलामा जाने पर्यटकहरु महाकुलुङ गाउँपालिका हुदै जाने भएकाले बातावरण सरसफाईमा विशेष ध्यान दिईएको छ ।