देवदह । रुपन्देहीको देवदह नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि शिक्षा, कृषि, पर्यटन र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरप्रमुख ध्रुव प्रसाद खरेलले नगरपालिकाको १६औं नगरसभा अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो।
नगरपालिकाले बाँझो जमिनमा फलफूल खेतीलाई प्रोत्साहन गर्दै कृषि उत्पादन वृद्धि गर्ने, होमस्टे व्यवस्थापन तथा विवाह महोत्सव जस्ता कार्यक्रममार्फत पर्यटन प्रवर्द्धन गर्ने योजना अघि सारेको छ। साथै विद्यालय सुधार, सरसफाइ अभियान, स्वस्थ जीवनशैली प्रवर्द्धन, सिपमूलक तालिम, एक वडा एक पोखरी कार्यक्रम, फोहोरमैला व्यवस्थापन र ‘क्लीन एण्ड ग्रीन देवदह’ अभियानलाई समेत प्राथमिकतामा राखिएको छ।
नगरले विपन्न महिला र युवाहरूलाई लक्षित गर्दै सिप विकासमूलक तालिम सञ्चालन गर्ने जनाएको छ।
यस्तो छ देवदह नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रम
कृषि तर्फ
१. “कृषि उत्पादनमा वृद्धि देवदहको समृद्धि” /भन्ने नाराका साथ खाद्यान्न तथा तरकारी बालीको उत्पादन अभिवृद्धि मार्फत नगरलाई आत्मनिर्भर बनाउने, नगरको कषि उत्पादनलाई प्रवर्द्धन गर्न कृषि समूह तथा सहकारी मार्फत कृषकलाई उन्नत जातको विउ विजनमा आवश्यक अनुदान तथा प्राविधिक सहयोगको व्यवस्था गरिनुका साथै व्यवसायिक कृषि, सहकारी तथा सामुहिक खेति गर्ने किसानलाई प्रोत्साहित गर्ने नीति अवलम्बन गरिने छ ।
२. नगरभित्र संचालन भईसकेका पकेट क्षेत्रहरुलाई प्रवर्द्धन गर्नुका साथै नयाँ पकेट क्षेत्र स्थापना गर्न सहयोग गरिने छ ।
३. नगरका युवाहरुलाई आधुनिक कृषितर्फ आकर्षित गरी उत्पादनमा वृद्धि गर्न र कृषि क्षेत्रको लागत घटाउन कृषि उपकरण तथा औजारमा अनुदानको व्यवस्था एवं प्राविधिक सहयोग उपलब्ध गराइने छ।
४. बिषादीको प्रयोगबाट माटोको जैविक गुणमा पर्ने असरलाई न्युनिकरण गर्न तथा विषादीको सुरक्षित प्रयोग बारे जनचेतना फैलाउन आवश्यक सचेतनाका कार्यक्रम संचालन गरिने तथा प्राङ्गारिक मलको प्रयोग गर्न प्रोत्साहन गरिने नीति अवलम्बन गरिने छ ।
५. “नगरको सान, उत्कृष्ट कृषक देवदहको पहिचान” भन्ने नाराका साथ उत्कृष्ट कृषकहरुलाई सम्मान गरिने छ । बाँझो जग्गालाई प्रयोगमा ल्याई फलफूलहरुको बगैंचा स्थापना गर्न ईच्छुक कृषकहरुलाई प्रोत्साहन गर्ने व्यवस्था गरिने छ ।
६. संघ तथा प्रदेशको सहकार्यमा नगर क्षेत्र भित्र उत्पादित कृषिजन्य बस्तुहरुको प्रशोधन, ब्रान्डिङ्ग र बजारीकरण गर्न सहयोग गरिने छ ।
७.देवदह नगरपालिका भित्रका सबै कृषकहरुलाई कृषि मिटर उपलब्ध गराउने उद्देश्यका साथ चरणबद्ध रुपमा कृषि मिटर जडान गर्ने कार्यलाई निरन्तरता दिइने छ ।
८. पशुपालन क्षेत्रबाट नगरवासीको जनजीवनमा सुधार आउने गरी कार्य अघि वढाउन गाईभैसीमा लाग्ने खोरेत, भ्यागुते, चरचरे, लम्पी स्किन रोग र बाखामा लाग्ने पि पि आर रोग विरुद्धको खोप, आन्तरिक तथा बाह्य परजिवी नियन्त्रण, नश्ल सुधारका लागि कृत्रिम गर्भाधान, पशु स्वास्थ्य शिविर तथा उपचार सेवा, बाँझोपन निवारण लगायतका कार्यक्रम मार्फत पशुपालन क्षेत्रको विकासमा जोड दिइने छ ।
९.व्यवसायिक रुपमा पशुपालन, मासुजन्य उत्पादन, दुग्धजन्य उत्पादन लगायतका व्यावसायीहरुलाई प्रोत्साहन गरिनुका साथै किसानहरुलाई उत्पादनमा आधारित अनुदानको व्यवस्था तथा युवाहरुलाई पशुपालन पेशातर्फ आकर्षित गर्ने नीति अवलम्बन गरिने छ ।
१०. किसानलाई उत्पादनसँग जोड्दै प्रोहत्साहन गर्न उचित बजारीकरणको नीतिलाई अगाडी सारिने छ । पशु विमा कार्यक्रम अन्तरगत किसानले विमा बापत बुझाउने रकममा अनुदानको व्यवस्था गरिने छ।
११. पशुपालनमा वर्षेनी नयाँ नयाँ प्रविधिहरुको आविष्कार हुन आउने भएकाले किसानहरुलाई सिपमुलक तालिम तथा अध्ययन अवलोकन भ्रमण जस्ता क्रियाकलापहरु गराईने छ ।
१२. बाच्छी तथा पाडी हुर्काउने किसानलाई प्रोत्साहानको व्यवस्था मिलाईने छ । पशुपालन गर्ने कृषकलाई सम्मान तथा पुरस्कारको व्यवस्था गरिने छ ।
१३. छाडा चौपाया व्यवस्थापन गर्नको लागि कार्याविधि निमार्ण गरिने छ । नगरवासीहरुको जीवन सुरक्षालाई मध्यनजर गर्दै सामुदायिक कुकुर नियन्त्रण, रेबिज खोप अभियान तथा कुकुर बन्ध्याकरण जस्ता कार्यलाई अगाडी बढाईने छ उक्त कार्य संचालन गर्दा सरकारी र गैर सरकारी संस्थासँग समन्वय गरिने छ ।
१४. पशुजन्य आहारमा लागत कम गर्नका लागि हरियो घाँस खेती विस्तार तथा आहारा व्यवस्थापन गर्ने नीति अवलम्बन गरिने छ साथै साईलेज उत्पादनका लागि मकै खेतिलाई प्रोत्साहान गरिने छ।
सहकारी :
१५. दिगो विकासको लक्ष्यलाई स्थानीयकरण गर्न सार्वजनिक-नीजि सहकारी क्षेत्रको सहकार्य मार्फत स्थानीय श्रोत साधनको समुचित प्रयोग तथा परिचालन गरी दिगो स्थानीय आर्थिक विकास गर्ने नीति लिइने छ ।
१६. सहकारी दर्ता गर्दाका बखत लिएका उद्देश्य वमोजिम कार्य गरे नगरेको सम्बन्धमा निरीक्षण एवं अनुगमन गरी आवश्यक नियमन गरिने छ साथै उदाहरणीय कार्य गर्ने सहकारीलाई पुरस्कृत गरिने छ।
१७. सहकारी संस्थाहरुको संचालन, क्षमता अभिवृद्धि एवं संस्थागत विकासलाई सुदृढ गर्न अनुगमन नियमन कार्य प्रभावकारी बनाउनुका साथै सहकारी संस्थाहरु एकिकरण (Merge) हुन प्रोत्साहित गरिने छ ।
१८. स्थानीय उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा गरिबी न्यूनीकरणका लागि सहकारी क्षेत्रको प्रवर्द्धन गरिनुका साथै सहकारी शिक्षा र सचेतना कार्यक्रम मार्फत सहकारी संस्थाहरुलाई उत्पादनमूलक र उद्देश्य प्रेरित कार्य गर्न प्रोत्साहन गरिने छ ।
१९. सहकारी सम्बन्धी स्थानीय तथ्याङ्कलाइ व्यवस्थित गरी, व्यवस्थापन, अध्ययन, अनुसन्धान र विश्लेषण सहित सोको आधारमा सहकारी सम्बन्धी आवश्यक कानुनको तर्जुमा गरी कार्यान्वयन तथा नियमन कार्यलाई प्रभावकारी बनाइने छ ।
पर्यटन :
२०. देवदह क्षेत्रभित्रका पुरातात्विक स्थलहरु, स्थानीय कला, संस्कृति र परम्पराको पहिचान, प्रसार र संरक्षण गर्ने नीति लिइने छ।
२१. देवदह नगरपालिकाको पर्यटन प्रवर्द्धन विकासको लागि बुद्ध जन्मस्थल एवं बुद्धसँग सम्बन्धित क्षेत्र अन्तर्गत रहेका देवदह नगरपालिका भित्र पर्ने धार्मिक एवं पर्यटकीय स्थललाई अन्तराष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने, अन्तराष्ट्रिय सम्बन्ध विस्तार गर्ने र बुद्ध परिपथमा पर्ने अन्य पालिकाहरुसँग समन्वय, सहकार्य सहयोग र अनुभव आदानप्रदान गर्ने एवं विश्व शान्तिका लागि बुद्धको शान्ति सन्देश र मार्गदर्शन विश्वभर फैलाउन अभियान संचालन गरिने छ । सो को लागि बुद्धपरिपथ अर्न्तगतका पालिकाहरुसँग समन्वय गरी “बुद्ध परिपथ कोष”को स्थापना एवं संचालन गरिने छ ।
२२. पुरातत्व विभाग, लुम्बिनी विकास कोष समेतको सहकार्यमा पुरातात्विक स्थलहरुको उत्खनन् एवं संरक्षण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइने छ ।
२३. नगरपालिकालाई आन्तरिक तथा बाह्य पर्यटनको गन्तव्यस्थल बनाउन ऐतिहासिक, धार्मिक, प्राकृतिक तथा कृषि पर्यटनलाई विशेष जोड दिइने छ ।
२४. नगर क्षेत्रभित्रका पर्यटकीय गन्तव्यको पहिचान संबर्द्धन र प्रचार प्रसारका लागि स्थानीय पर्यटन व्यवसायीहरुसँग सहकार्य गरिने छ ।
२५. स्थानीय युवाहरुलाई पर्यटकीय क्षेत्रको पर्वद्धनका माध्यमबाट रोजगारी सिर्जना गर्न पर्यटनसँग सम्बन्धित सीप विकास तालिमहरु संचालन गरिने छ ।
२६. ऐतिहासिक रोहिणी नदीको दायाँबायाँ करिडोरको अवधारणा अगाडी वढाई रोहिणी सभ्यताको उत्थानसँगै बौद्ध पर्यटकीय स्थलको रुपमा विकास गर्न संघ, प्रदेश, लुम्बिनी विकास कोष र सरोकारवाला पालिकाहरुसँग सहकार्य गर्ने नीति अवलम्बन गरिने छ।
२७. पर्यटनलाई आर्थिक उपार्जनसँग जोड्नको लागि Home Stay संचालनको सम्भाव्यता भएका पर्यटकीय क्षेत्रहरुको विकास, पर्यापर्यटनका सम्भाव्य ठाउँहरुको पहिचान, संरक्षण र प्रचार एवं देवदह नगरक्षेत्रभित्रका सबै ऐतिहासिक स्थलहरुको संरक्षण गरिने छ ।
२८. नगरपालिकाको मुख्य पर्यटकीय स्थलहरु जोडने सडक तथा पदमार्ग निर्माणलाई प्राथमिकता दिईने छ।
२९. नगरभित्रका विभिन्न जात जातीहरुको साँस्कृतिक परम्परा झल्काउने संस्कृति प्रर्वद्धन कार्यक्रम संचालन गरी आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने व्यवस्था मिलाईने छ ।
३०. नगरलाई आध्यात्मिक पालिकाको रुपमा विकास गर्न आरोग्य पर्यटन प्रवर्द्धन गरिने छ । साथै पाकडी वृक्षलाई ध्यान केन्द्रको रुपमा विकसित गर्न आवश्यक व्यवस्था गरिने छ ।
३१. तिलौराकोट, लुम्बिनी र देवदहलाई संयोजन गर्न शुद्धोधन, मायादेवी “विवाह महोत्सव”को आयोजना गरिने छ ।
३२. संघ र प्रदेश सरकारसँगको समन्वय र सहकार्यमा देवदह नगरपालिका अन्तर्गत रहेका गौशालालाई थप व्यवस्थित गरी धार्मिक पर्यटनको गन्तव्यको रुपमा विकास गरिने छ ।
उद्योग तथा वाणिज्य :
३३. स्थानीय स्तरमा उपलब्ध स्रोत साधन तथा कच्चा पदार्थहरुको अधिकतम प्रयोग मार्फत रोजगारी सिर्जना गर्नुका साथै उद्यमशिलता प्रवर्द्धन गर्न उद्यमीहरुलाई लघु, घरेलु तथा साना उद्योगहरु संचालन सम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रम संचालन गरिने छ ।
३४. स्थानीय स्तरमा मौलिक रुपमा उत्पादित मदिरालाई ब्राण्डिङ्ग गरी बजारिकरणको व्यवस्था मिलाईने छ । उपभोक्ता हित संरक्षण :
३५. उपभोक्ताहरुको सर्वोत्तम हितलाई ध्यानमा राखि नगरभित्र संचालित सम्पूर्ण हाटबजार तथा पसलहरुको नियमित अनुगमन मार्फत हरेक पसलमा मूल्य सूची राखे व्यवस्था मिलाई बिल विजक लिने दिने विषयलाई व्यवस्थित बनाइने छ ।
भूमि व्यवस्थापन :
३६. भूमि समस्या समाधान आयोगसँगको सहकार्यमा यस नगरपालिकाका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा उपलब्ध गराउने कार्यलाई प्राथमिकतामा राखिने छ ।
३७. देवदह नगरपालिकाका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको जग्गाधनीहरुलाई जग्गाधनी दर्ता पुर्जा उपलब्ध गराउने प्रयोजनार्थ नगरपालिकाभित्रका ब्लक निर्माण, नियन्त्रण विन्दु स्थापना र DGPS सर्भे लगायतका अधुरो रहेका जग्गा सम्बन्धि कार्य अघि बढाउनुका साथै जग्गा नापी कार्यलाई तिव्रता दिइने छ ।
३८. संघीय तथा प्रादेशिक भु-नीति तथा नियमावली एवं प्रचलित कानुन अनुरुप देवदह नगरपालिकाको स्थानीय भु-उपयोग योजना निर्माण गरिने छ ।
३९. जग्गाधनी दर्ता प्रमाण पूर्जा, नक्सा र भोगचलन फरक पर्न गई भवन नक्सा पास गर्ने प्रक्रियामा भएको कठिनाइलाई दृष्टिगत गर्दै हाल साविक वा पुनः नापी कार्य सम्पन्न गरी नयाँ जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने कार्यको लागि आवश्यक पहलकदमि गरिने छ ।
गरिबी निवारण :
४०. दिगो विकासको लक्ष्यलाई ध्यानमा राख्दै गरिबी निवारणका लागि आवश्यक समावेशी र समतामूलक कार्यक्रम मार्फत आय आर्जन र रोजगारी बढाउने नीति लिइने छ ।
४१. रोजगारी सिर्जनामा योगदान दिने साना उद्योग, महिला उद्यमी तथा व्यवसायी, वैदेशिक रोजगारबाट फर्किएका युवाहरुको सिप र क्षमतालाई उपयोग गरी समग्र नगरको विकासमा टेवा पुऱ्याउन “नगर प्रमुखसँग उद्यमी रोजगार कार्यक्रम” लाई निरन्तरता दिइने छ ।
४२. स्थानीय स्रोत, साधन र सिपको प्रयोग गरी उद्यमशिलता विकासका माध्यमबाट रोजगारी सिर्जना र आत्मनिर्भरता सुनिश्चित गर्न स्थानीय स्रोतमा आधारित उत्पादन र बजार व्यवस्थाको आवश्यक पूर्वाधार विकास गर्ने तर्फ जोड दिइने छ ।
रोजगार सम्बन्धी :
४३. रोजगार सेवा केन्द्रलाई सबैका लागि साझा श्रम सूचना केन्द्रको रुपमा विकास गरी स्थानीय तहमा सूचिकृत बेरोजगार व्यक्तिहरुलाई न्यूनतम रोजगारीको प्रत्याभूति गराइनुका साथै गरिवी न्यूनिकरण तथा रोजगारीका अवसरहरु सृजना गर्न सरोकारवाला निकाय तथा निजी क्षेत्रसंग समन्वय र सहकार्यमा जोड दिईने छ ।
४४. संघ तथा प्रदेश सरकारको नीति अनुरुप वैदेशिक रोजगार सम्बन्धी कार्य र बैदेशिक रोजगार बोर्डवाट प्राप्त हुने आर्थिक सहायतालाई स्थानीय तहबाट सहजिकरण गरिनुका साथै वैदेशिक रोजगारसँग सम्बन्धित विभिन्न विषयहरुलाई टोल तहसम्म पुऱ्याइने छ।
४५. वैदेशिक रोजगारबाट फर्किएका जनशक्तिहरुको श्रम, सिप र पूँजीको परिचालन गर्ने नीति लिइने छ।
४६. नगरपालिकालाई वालश्रममुक्त नगर बनाउने नीति लिइने छ ।
शिक्षाः
४७. “विद्यालयको शैक्षिक र भौतिक सुधारः बालबालिका विद्यालय प्रवेशको पहिलो आधार” भन्ने नाराका साथ समग्र शिक्षा प्रणालीको सुधार गरिने छ ।
४८. शिक्षा क्षेत्रमा “प्रयास गरे परिवर्तन सम्भव छ” भन्ने मान्यता स्थापित गर्न असल अभ्यास गरेका विद्यालयसँग सिकाई आदान प्रदान गरिने छ ।
४९. विद्यालय शिक्षाका सम्बन्धमा विगतमा सिकिएका पाठहरुको आधारमा विद्यमान संस्थागत र प्रक्रियागत क्षेत्रमा सुधार गरिने छ ।
५०. नगरपालिका र वडा कार्यालयको सहकार्यमा शिक्षक र विद्यार्थीमा स्वजागरण, अभिभावकमा सचेतना र उत्प्रेरणा जगाउने कार्यक्रम संचालन गरिने छ।
५१. “सामुदायिक विद्यालयको पूर्वाधार सुधार कार्यक्रम” अन्तरगत अधुरा भवनहरुको निर्माण सम्पन्न गर्ने, शौचालय तथा खानेपानीको प्रयाप्त व्यवस्था गर्ने तथा टिनका छाना विस्थापित गर्ने नीति क्रमशः अवलम्बन गर्दै तत्कालका लागि जस्ताका छाना भएका विद्यालयमा “फल्स सिलिङ्ग” राखे कार्यक्रम कार्यान्वयन गरिने छ।
५२. सार्वजनिक विद्यालयप्रति सरोकारवालाहरुको अपनत्व वृद्धि गर्न सम्बन्धित सरोकारवालाको उपस्थितिमा मेरो विद्यालय मेरो दायित्व अभियानमार्फत “विद्यालयको सरसफाइ र सुन्दरताका लागि हरेक दिन मेरो तीन मिनेट” अभियान कार्यक्रम सञ्चालन गरिने छ। “विद्यालय क्षेत्र भित्र आकर्षक फुलबारी निर्माण” गरिने छ । विद्यालय तथा क्याम्पसहरुको भोगाधिकार प्राप्त प्रयोगविहिन जग्गामा फलफूलका विरुवाहरु रोपण तथा हरियाली प्रवर्धन गरी “एक विद्यालय एक वगैचा तथा वृहत हरित क्षेत्र” बनाउने नीति तय गरिने छ । उक्त स्थानलाई जीवित प्रयोगशालाको रुपमा विकास गरी उत्कृष्ट काम गर्ने विद्यालयलाइ पुरस्कृत गरिने छ।
५३. सामुदायिक विद्यालयमा प्रदान गरिदै आएको दिवा खाजामा दिइएको थप अनुदान कार्यक्रमलाई निरन्तरता दिईने छ । दिवा खाजा कार्यक्रमको प्रभावकारिताका लागि दिवा खाजा व्यवस्थापन समितिलाई सक्रिय बनाइ अनुगमन गरिने छ।
५४. नगरपालिका भित्रका सार्वजनिक विद्यालयहरुको शिक्षक दरबन्दी मिलान र सरुवाको मापदण्ड तयार पारी “शिक्षक-विद्यार्थी अनुपात” र कक्षागत तथा विषयगत शिक्षक व्यवस्थापन गर्ने नीति लिइने छ।
५५. स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक सार्वजनिक र संस्थागत विद्यालयहरूमा निःशुल्क रूपमा वितरण गर्ने कार्यलाई निरन्तरता दिइने छ । गुरुकुल, विहार, गुम्बा, मदरसा र प्राविधिक शिक्षामा आवश्यक सहयोग गरिने छ ।
५६. माध्यमिक र निम्न माध्यमिक तहमा न्यून शिक्षक दरबन्दी रहेका विद्यालयमा प्रदान गरिएको नगर अनुदान शिक्षक व्यवस्थापनलाई निरन्तरता दिईने छ। विद्यालय कर्मचारी र बाल विकास शिक्षकको लागि नगरपालिकाबाट उपलब्ध गराइएको थप पारिश्रमिकको निरन्तरता दिईने छ।
५७. प्राविधिक शिक्षा तथा प्रविधिमा आधारित शिक्षण सिकाइ क्रियाकलापलाई प्राथमिकताका साथ कार्यान्वयन गरिने छ । कम्तीमा एक विद्यालयलाई संघ तथा प्रदेश सरकारसँगको सहकार्यमा स्मार्ट स्कुल बनाउने कार्य प्रारम्भ गरिने छ । विद्यालयमा प्रबिधिको प्रयोग गर्ने शिक्षकहरुलाई प्रोत्साहन गर्ने कार्यक्रम संचालन गरिने छ । सबै विद्यालयमा विद्युतीय हाजिर प्रणालीलाई अनिवार्य बनाई त्यसको मासिक रुपमा अभिलेख नगरपालिकाले राखी प्रभावकारी अनुगमनको प्रवन्ध मिलाईने छ ।
५८. शिक्षक तथा विद्यालय कर्मचारीहरुको पेसागत विकास र शैक्षिक सुधार तथा अभिलेख व्यवस्थापनका लागि तालिम तथा अन्य क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गरिने छ। विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, लगायत विद्यालयसँग सम्वन्धित सरोकारवालाहरूको “व्यवस्थापकीय क्षमता अभिवृद्धि” गर्ने कार्यक्रमहरु सञ्चालन गरिने छ ।
५९. सामुदायिक विद्यालयको सिकाइ उपलब्धि अभिवृद्धि गर्न सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको विषयगत समितिलाइ सक्रिय बनाइने छ । विद्यार्थीको सिकाइ उपलब्धि तथा कार्यसम्पादनको आधारमा उत्कृष्ट विद्यालय, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक तथा कर्मचारीलाई सम्मान तथा प्रोत्साहन उपलब्ध गराउने कार्यक्रमको निरन्तरता रहने छ। विद्यार्थीको चौतर्फी विकासको लागि विद्यालयमा नियमित रूपमा अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने छ। नगरस्तरमा अन्तरविद्यालय स्तरीय प्रतियोगिताहरू, सामुदायिक र संस्थागत दुवै प्रकृतिका विद्यालयको सहभागितामा सञ्चालन गरिने छ ।
६०. विद्यालयको परीक्षा प्रणालीलाई थप व्यवस्थित गर्दै विषयगत सिकाइ उपलब्धिको समिक्षा गरी विषयगत सिकाइ उपलब्धि अभिवृद्धि योजना निर्माण गर्न विद्यालयलाइ अभिप्रेरित गरिने छ ।
६१. “सफा र स्वच्छ वातावरण, स्वस्थ खाना, सुन्दर विद्यालय, स्वस्थ शरीर, स्वस्थ दिमाग, उच्चतम् सिकाइ उपलब्धि” लाई आत्मसात गर्दै सबै सामुदायिक विद्यालयहरूमा स्वच्छ पिउने पानी, सफा शौचालयको व्यवस्था मिलाइने छ । संस्थागत विद्यालयमा पनि अनुगमन गरी स्वच्छ पिउने पानीको प्रवन्ध गर्न लगाइने छ ।
६२. अस्थायी करारका विभिन्न प्रकारका शिक्षक छनौट कार्यलाई व्यवस्थित गर्न शिक्षक छनौट कार्यविधि निर्माण गरी सोको आधारमा छनौट गरिने छ । उक्त कार्य गर्दा आवश्यक पर्ने वजेट नगरपालिकाले व्यवस्थापन गर्ने कार्यको थालनी गरी विद्यालयको आर्थिक भार कम गरिने छ ।
६३. लैङ्गिकमैत्री, बालमैत्री, अपाङ्गमैत्री सिकाई प्रणालीलाई संस्थागत गर्नको लागि उपयुक्त रणनीति तय गरी कार्यान्वयनमा ल्याइने छ ।
६४. विद्यालय नर्स कार्यक्रमलाई परीक्षणको रुपमा केही विद्यालयबाट सुरु गरिने छ । प्रारम्भिक बालविकास केन्द्रहरूलाई सुविधासम्पन्न बनाइने छ ।
६५. सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग कार्यसम्पादन करार गरी सो को कार्यान्वयनको प्रभावकारी अनुगमन गर्ने नीति तय गरिने छ । सामुदायिक विद्यालयका उत्त्कृष्ट प्रतिभा भएका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई “नगर प्रतिभा प्रस्कार” र उत्कृष्ट कार्यसम्पादन गर्ने शिक्षकहरुलाई “उत्कृष्ट शिक्षक पुरस्कार” प्रदान गरिने छ ।
६६. सबै महिला शिक्षक कर्मचारी प्रसती विदामा रहदाँ पठन पाठन अवरुद्ध हुन नदिन नगरपालिकाले प्रसुती विदामा बसेको शिक्षकका कक्षा व्यवस्थापन गर्न तयार गरिएको कार्यविधि वमोजिम स्वयंसेवक शिक्षक व्यवस्थापन गर्ने कार्यक्रमलाई निरन्तरता दिईने छ ।
६७. दरवन्दी विना कक्षा ११ र १२ सञ्चालित विद्यालयलाई शिक्षक व्यवस्थापन गर्न आवश्यक गृह कार्य गरिने छ ।
६८. देवदह नगरपालिकामा क्रियाशील सरकारी तथा गैरसरकारी संघ संस्थासँगको समन्वय र सहकार्यमा विभिन्न शैक्षिक सुधारका कार्यक्रमहरु संचालन गरिने छ ।
उच्च शिक्षातर्फ
६९. बुद्ध दर्शन सम्बन्धी अध्यापन हुने नेपालको एक मात्र विश्वविद्यालयको रुपमा रहेको लुम्बिनी बौद्ध विश्वविद्यालयको विकास मार्फत देवदह नगरको आर्थिक, समाजिक, शैक्षिक, साँस्कृतिक समृद्धिको आधारलाई सामनजस्यता कायम गर्न विश्वविद्यालयसँग सहकार्य गरिने छ ।
७०. लुम्बिनी बौद्ध विश्वविद्यालयसँग देवदह र गौतम बुद्धसँग सम्बन्धित विषयमा अनुसन्धान लगायत शिक्षाका बिबिध आयामहरुमा सहकार्य र सहयोगको नीति अबलम्बन गरिने छ।
७१. देवदह आदर्श बहुमुखी क्याम्पसलाई अध्ययन तथा अनुसन्धान केन्द्रको रुपमा विकास गर्न आवश्यक समन्वय र सहयोग गरिने छ ।
७२. गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई प्राविधिक विषयमा उच्च शिक्षा अध्ययनको लागि छात्रवृत्तिको व्यवस्था गरिने छ।
७३. अध्ययन संस्कृतिको विकास गर्न सामुदायिक पुस्तकालयको स्थापना गरिने छ ।
स्वास्थ्यः
७४. जनताको शारीरिक र मानसिक स्वास्थ्यका साथै आध्यात्मिकता, नैतिकता, सकारात्मक सोच र चेतनाको विकासको लागि योग तथा ध्यान केन्द्रहरु संचालन गरिने छ।
७५. नगरकै गौरवको आयोजनाको रुपमा रहेको देवदह नगर अस्पताललाई जनताको चाहना अनुसार थप व्यवस्थित गरी गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गरिने छ ।
७६. “म र मेरो परिवारको स्वास्थ्य मेरो जिम्वेवारी ‘लाई व्यवहारमा लागु गर्न स्वास्थ्य विमालाई थप प्रभावकारी वनाइनेछ । तोकिएका समूहलाई निःशुल्क विमा गरिने कार्यक्रमलाई निरन्तरता दिईने छ।
७७. नगर उपप्रमुखसँग गर्भवती तथा सुत्केरी आमा पोषण कार्यक्रमलाई नगरभित्रका तीन वटै वर्थिङ्ग सेन्टरमा निरन्तरता दिईने छ ।
७८.सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई क्षमता अभिवृद्धिका लागि प्रदेश तथा संघीय सरकारसँगको सहयकार्यमा प्रोत्साहान कार्यक्रम सञ्चालन गरिने छ ।६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानजनक विदाई गर्ने कार्यलाई निरन्तरता दिईने छ ।
७९.प्रजनन स्वास्थ्य, सुरक्षित मातृत्व, वाल तथा शिशु सेवाहरुको सवलिकरण गरिने छ । नगरभित्रका सवै वर्थिङ्ग सेन्टरहरुको गुणस्तर सुधार गरी सुरक्षित मातृत्वको हकलाई सुनिश्चित गरिने छ । पूर्ण संस्थागत प्रसुतियुक्त नगरपालिका तथा पूर्ण खोप दिगोपनाको सुनिश्चतता कार्यक्रमलाई निरन्तरता दिईने छ ।
८०.देवदह नगरपालिकाका नागरिकहरुलाई यस अघि उपलब्ध गराउदै आएको १५ पिन्टसम्मको निःशुल्क रगत कार्यक्रमलाई निरन्तरता दिइने छ ।
८१.धुम्रपान, मद्यपान र लागुऔषध सेवन र दुर्व्यसनीलाई न्युनिकरण गर्न विभिन्न चेतनामुलक कार्यक्रमहरुलाई निरन्तरता दिईने छ । नगरपालिका भित्र रहेको नागरिक आरोग्य सेवा केन्द्रलाई थप सेवा युक्त गराईने छ।
८२.नसर्ने रोगको समयमै पहिचान गरी रोकथाम गर्ने र त्यसबाट हुने जटिलता एवं जोखिमलाई न्युनिकरणका लागि समुदायस्तरमा चेतना अभिवृद्धि गर्न स्वास्थ्य परीक्षण र स्वास्थ्य परामर्श जस्ता सेवा उपलव्ध गराइने छ।
८३.सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरुलाई वर्षमा दुई पटक रक्त परीक्षण सहितको स्वास्थ्य जाँच गरिने सेवालाई निरन्तरता दिईने छ ।
८४.संघ तथा प्रदेश सरकारको सहकार्यमा क्षयरोग मुक्त नगरपालिका बनाउन कार्यक्रम तय गरिने छ । साथै कुष्ठरोग खोज पडताल अभियानलाइ निरन्तरता दिईने छ ।
८५.आँखा अस्पतालको सहकार्यमा मोतिविन्दु भएका नागरिकहरुलाई निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइने छ।
८६.एच.आई.भि./एड्स संक्रमितहरुको मानव अधिकार तथा स्वास्थ्य अधिकारको सुनिश्चितताको लागि अविभावकत्व प्रदान गर्ने नीति अवलम्बन गरिने छ ।
८७.देवदह नगरपालिका भित्र स्थायी वसोवास गर्ने महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सरको उपचारको लागि विशेष आर्थिक सहयोग उपलव्ध गराइने छ ।
८८. प्रसुति अवस्थाको जटिलतावाट हुने गम्भिर क्षतीलाई कम गर्न नगरपालिकाको वर्थिङ्ग सेन्टरमा उपचाररत प्रसव पिडामा रहेका आमाहरुलाई नजिकको रेफरल अस्पतालमा एम्बुलेन्सद्धारा लैजाने व्यवस्था मिलाइने छ।
८९. जलनसम्बन्धी उपचारका लागि किर्तिपुर वर्न अस्पताल रवीर अस्पतालसँगको समन्वयमा साझेदारको लागि आवश्यक प्रक्रिया अगाडी बढाईने छ ।
९०.थारु समुदायमा मात्र लाग्ने सिकल सेल एनिमिया रोगको पहिचान एवं उपचार गर्न सम्बन्धित संघ, संस्था, प्रदेश सरकार र संघीय सरकारसँग आवश्यक समन्वय तथा सहकार्य गरिने छ । महिला बालबालिका तथा सामाजिक न्याय र
सामाजिक समावेशिकरणः
९१. विभिन्न संचार माध्यमको सहकार्यमा लैङ्गिक हिंसा न्यूनिकरणको लागि सचेतना तथा किशोरीहरुको बहुआयामिक विकासका लागि कार्यक्रम संचालन गरिने छ।
९२. अति विपन्न तथा एकल महिलाहरुको आय आर्जनका लागि “उद्यमशिलता विकास तथा सिपमूलक तालिम” संचालन गरिने छ।
९३. आर्थिक दलित शैक्षिक तथा राजनैतिक रुपमा पछाडि परेका वा पारिएका महिला सामाजिक मधेसी तथा मस्लिम बर्गहरुलाई मूलप्रवाहमा ल्याउन विभिन्न किसिमका जनजाती आदिवासी, अपाङ्ग कार्यक्रम संचालनगरिने छ।
९४. महिलाहरुको लागि विभिन सिपमुलक तालिम प्रदान र आर्जन गरेका विभिन्न सिप प्रवर्धन तथा व्यावसाय स्थापनाको लागि उपप्रमुखसंग महिला कार्यक्रमलाई निरन्तरता दिईने छ ।
९५. आमासमूह तथा महिला समूहहरुको क्षमता अभिवृद्धिको लागि तालिम तथा प्रशिक्षण कार्यक्रम संचालन गरिने छ ।
९६. महिला सशक्तिकरण र जनचेतनाको क्षेत्रमा काम गर्ने महिला अभियान्ताहरु र संस्थालाई प्रोत्साहन गर्ने उद्देश्यले उत्कृष्ट महिला समाजसेवी घोषणा र सम्मान गरिने छ ।
९७. महिला उद्यमीहरुद्वारा उत्पादित सामग्रीहरुको बजारीकरणमा प्रोत्साहन हुने गरी कार्यक्रम ल्याइनेछ ।
९८. विभिन्न टोल विकास संस्थाआमा समूह वा सामुदायिक संस्था परिचालन गरी घर, वेलु हिंसा अन्त्य, बाल श्रम, वाल विवाहवहुविवाह, दाइजो प्रथा र बोक्सी प्रथा नियन्त्रणका लागि बहस पैरवीसचेतनामूलक अभियान संचालन गरिने छ ।
९९. बालबालिकाको चौतर्फी विकास गर्न प्रतिभावान बालबालिकाको पहिचान र प्रोत्साहनको लागि लक्षित कार्यक्रम संचालन गरिने छ।
१००. नगरपालिका भित्र हुनसक्ने बालश्रमशारीरिक तथा मानसिक पीडा तथा बाल यौन बाल विवाह दुर्व्यबहार जस्ता सबै प्रकारका बाल हिसाको निषेध, नियन्त्रण र व्यवस्थापनको लागि आवश्यक सहयोग र सहजीकरण गरिने छ ।
१०१. जोखिममा परेकावैकल्पिक हेरचाहको आवश, विशेष संरक्षणको आवश्यकता भएका व्यकता भएका तथा कसुरबाट पीडित बालबालिकाको उद्धार, मनोसामाजिक परामर्श, उपचार, अस्थायी संरक्षण, पारिवारिक पुनर्मिलन तथा वैकल्पिक स्याहार लगायतका कार्यमा आवश्यक सहजीकरणगरिने छ।
१०२. समाजमा अग्रज सम्मानित ज्येष्ठ नागरिकहरुको भूमिका र योगदानलाई उच्च महत्त्व दिईने छ । ज्येष्ठ नागरिकहरुको संरक्षण साथै सम्मानका कार्यक्रम संचालन गरिने छ ।
१०३. अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मनिर्भर एंव सक्षम बनाउनको लागि उनीहरुलाई सहयोग पुग्ने किसिमका कार्यक्रमहरु संचालन गरिने छ ।
१०४. उपचार सम्भव हुने अपाङ्गता भएका वालवालिकाहरुको लागि उपचार सेवा र सहयोगी सामग्री व्यवस्थापन गर्ने कार्यलाई निरन्तरता दिईने छ।
१०५. अपाङ्गता भएका व्यक्तिहरुलाई शिक्षा, स्वास्थ्य, रोजगार जस्ता क्षेत्रमा अपाङ्गताको प्रकार हेरी सहुलियत तथा निशुल्क सेवा प्रदान गर्ने व्यवस्था मिलाइने छ।
१०६.अपाङ्गताको क्षेत्रमा क्रियाशिल संस्थाहरुको साझेदारीमा अशक्त वा अपाङ्गता भएका व्यक्तिहरुलाई उपयोगी हुने सहायता सामग्री वितरणको व्यवस्था मिलाइने छ।
१०७. अटिजम भएका बालबालिकाका अभिभावकहरुलाई अटिजम सम्बन्धी अभिमुखीकरण कार्यक्रम संचालन गरिने छ।
१०८. मानव सेवा आश्रमसँगको सहकार्यमा सडक आश्रित सहयोगापेक्षी मानवहरुको व्यवस्थापन गरिने छ। युवा तथा खेलकुदः
१०९. नागरिकको स्वास्थ्यलाई मध्यनजर गरी विभिन्न सार्वजनिक स्थलहरुमा खुल्ला व्यामशाला स्थापना गरिनुका साथै खेलमैदान, कबर्डहल लगायत खेलकुद पूर्वाधारको विकास गरिने छ ।
११०. विद्यालयका खेल शिक्षकलाई प्रशिक्षक प्रशिक्षण तालिम संचालन गरिने छ ।
१११. एक वडा एक खेल मैदानको व्यवस्थाका लागि क्रमशः आवश्यक पूर्वाधार तयार गरिने छ ।
११२. खेलहरुको संस्थागत विकासका लागि नगर खेलकुद प्रशिक्षकहरुको व्यवस्था गरी विद्यालयहरुमा घुम्ति सेवा उपलब्ध गराइनेछ ।
११३. देवदह खेल महोत्सव आयोजना गरी पालिकावाट विभिन्न नाममा सञ्चालन हुने खेलकुद (मेयर कप, उपमेयर कप, राष्ट्रपति रनिङ शिल्ड आदि) लाई एकिकृत र व्यवस्थित रुपमा सञ्चालन गरिने छ।
११४. लागु औषध दुर्व्यसनी विरुद्ध समुदायसँग सहकार्य गरी चेतनामुलक कार्यक्रम संचालन गरिने छ । दुर्व्यसनमा परेका युवाहरुको पूनर्स्थापनाको लागि सरकारी तथा गैर सरकारी संघ संस्थाहरुसँग सहकार्य गरिने छ ।
११५. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नगरको प्रतिष्ठा बढाउन योगदान पुन्याउने युवा र युवाको क्षेत्रमा उत्कृष्ट काम गर्ने संस्थालाई सम्मान एवं पुरस्कृत गरिने छ । युवाहरुको क्षमता प्रष्फुटनका लागि “युवा परिचालन कार्यक्रम” संचालन गरिने छ । युवा केन्द्रित, लैङ्गिक समानता र सशक्तिकरण, लागुऔषध दुर्व्यसनी, सकारात्मक सोच, मनोसामाजिक परामर्श जस्ता कार्यक्रम संचालन गरिने छ । युवा उद्यमशीलतासँग सम्बन्धित कार्यक्रम संचालन गरिने छ ।
११६. “नगर प्रमुख युवा उद्यमी परिचालन कोष” स्थापना गरी युवा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम संचालन गरिने छ । युवा उद्यमी केन्द्र स्थापनाको लागि अध्ययन गरिने छ। युवाहरुको साहस, सिर्जनशीलता, आत्मविश्वास, उद्यमशीलताको उच्च मूल्याङ्कन गर्दै शिक्षित, सीपयुक्त, अनुशासित र उद्यमशील युवा शक्तिलाई नगरको मानवीय पूँजीको रुपमा स्वीकार गर्दै नगरको समग्र विकासमा परिचालन गरिने छ। चालु आर्थिक वर्षमा संचालनमा ल्याईएको नगर प्रमुख उद्यमशीलता प्रवर्धन कार्यक्रमलाई निरन्तरता दिइने छ ।
११७. युवाको आर्थिक, सामाजिक सशक्तिकरण गर्न उद्यमशीलता विकास एवं प्राविधिक तथा व्यवसायिक तालिम गराइनेछ । संघीय सरकारले अगाडी सारेको “युवा परिचालन कार्यक्रम” सँग तालमेल मिलाउँदै युवा जनशक्ति विकास र परिचालनको रणनीति अवलम्बन गरिने छ । बालमैत्री स्थानीय शासन
११८. आर्थिक वर्ष २०८२/०८३ भित्र देवदह नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने लक्ष्यका साथ वालमैत्री स्थानीय शासन कार्यक्रमलाई विशेष अभियानका साथ सञ्चालन गरिनेछ।
११९. सार्वजनिक जग्गाको व्यवस्थापन गरी यसै आर्थिक वर्षदेखि केही वडामा बाल उद्यान निर्माण गरे कार्यको थालनी गरिने छ ।
१२०. देवदहमा रहेका बाल उद्यानहरुलाई विकास गर्दै वाल उद्यानमा कनै प्रकारको शुल्क नलाग व्यवस्था मिलाईनेछ । अन्य वडाहरुमा खालि जग्गाहरुको पहिचान गरी वालउद्यान निर्माण गर्न निजि क्षेत्र तथा प्रदेश सरकारसँग सहकार्य गरिने छ ।
१२१. बालबालिकाको चौतर्फी विकासका लागि र प्रतिभावान बालबालिकाको पहिचान र प्रोत्साहन गर्ने लक्षित कार्यक्रम संचालन गरिने छ । त्यसै गरी बालश्रम, बाल विवाह न्यूनीकरण विद्यालय भर्न जस्ता विषयहरुमा अभियानात्मक कार्यक्रम संचालन गरिने छ ।
१२२. नगरभित्र रहेका सबै विद्यालय खानेपानी स्वास्थ्य संस्थासामदायिक वन लगायतका संघ संस्थाहरुमा बाल क्लबको तर्फबाट अनिवार्य प्रतिनीधित्व सुनिश्चित गर्ने नीतिलिइने छ । साहित्य, कला र संस्कृति
१२३. नगरभित्रका उत्कृष्ट कलाकारहरु पुरस्कृत गर्ने कलाको संरक्षण गर्ने लगायतका कामहरुलाई निरन्तरता दिईने छ । नगरपालिका भित्र लुकेर रहेका “प्रतिभाहरुको पहिचान र प्रष्फुटन गर्न विभिन्न प्रकारका मैत्रीपर्ण प्रतिस्पर्धा गराई कला, साहित्य र सजनाको प्रष्फुटन गर्ने अवसर प्रदान गरिने छ ।
१२४. नगरभित्रका आदिबासी, जनजाति, दलित, थारु लगायत अन्य लोपोन्मुख जातिका भाषा, धर्म र संस्कृति, ललितकलाको संरक्षणको लागि स्पष्ट नीतिको तर्जुमा गरिनको साथै स्थानीय “कला संस्कृतिलाई आर्थिक उत्पादनसँग जोड्ने” कार्यक्रम तयार गरिने छ ।
१२५. नगरपालिकाको वडा नं. ७ स्थित स्मृतिवाटिकाको निर्माणाधिन साँस्कृतिक भवनमा नगरभित्रका थारु, मगर, गुरुङ्ग दलित लगायत विभिन्न जातजातीका मौलिकता, संस्कृति र पहिचान संरक्षण गर्न “सांस्कृतिक संग्रहालय निर्माण गरिने छ ।
सूचना तथा आम संचारः
१२६. नगरक्षेत्र भित्रका सामुदायिक रेडियोहरुको साथै सबै प्रकृतिका सञ्चार माध्यमको विकास तथा विस्तारको लागि आवश्यक सहयोग र सहकार्य गरिने छ ।
१२७. जनताको सु-सूचित हुन पाउने सूचनाको हकको प्रत्याभूति गर्न कार्यालयबाट सम्पादित कार्यहरुको वार्षिक समीक्षा, सार्वजनिक सुनुवाई, मुखपत्र प्रकाशन, रेडियो कार्यक्रम, सार्वजनिक परीक्षण, चौमासिक खर्च सार्वजनिकीकरण गर्ने कार्यलाई निरन्तरता दिईने छ ।
सूचना प्रविधि
१२८. नगरपालिका तथा मातहतका सरकारी कार्यालयहरुवाट प्रवाहहुने सार्वजनिक सेवालाई छिटो, छरितो र सेवाग्राहीमैत्री बनाउन प्रविधियुक्त बनाईनेछ ।
१२९. नगरकार्यपालिका तथा वडा कार्यालयवाट जारि गरिने सिफारिसहरु नागरिकहरुले अनलाइन मार्फत घरबाटै आवेदन दिन सक्ने तथा सिफारिस प्राप्त गर्ने व्यवस्था मिलाइने छ ।
१३०. नागरिकहरुको गुनासो सम्बोधन तथा सेवा सम्वन्धी जानकारी दिन आधुनिक प्रविधि संचालनमा ल्याईनेछ ।
१३१. देवदह नगर क्षेत्र भित्र रहेका घरहरु तथा सम्बन्धित विभिन्न क्षेत्रहरुको खण्डिकृत तथ्याङ्ग एकिन गरी सोको प्रभावकारी व्यवस्थापनको लागि डिजिटल हाउजिङ्ग नम्बर सिस्टम र एकिकृत जि.आई.एस. सक्षम एकीकृत प्रोफाइल पोर्टल संचालनमा ल्याईने छ ।
१३२. लेस पेपर को अवधारणाका लागि पूर्वाधार खडा गरिने छ । पुराना फाइल तथा कार्यपालिका र नगरसभाका निर्णयहरुको “डिजिटलाईज अभिलेख व्यवस्थापन प्रणाली” संचालनमा ल्याइने छ ।
१३३. सेवाग्राहीको चाप हुने नगरपालिकाको मुख्यालय, वडा कार्यालय लगायत नगरका प्रमुख चोकहरुमा फ्रि वाईफाईको सुविधालाई निरन्तरता दिईने छ ।
१३४. नगरपालिकाको सूचना तथा गतिविधि सम्प्रेषणका लागि नगरपालिका र बडा परिसरमा डिजिटल सूचना तथा विज्ञापन बोर्ड जडान गरिने छ ।
१३५. नगरपालिका क्षेत्र भित्र टोल विकास संस्था तथा सार्वजनिक स्थानमा जडान गरिएका सि.सि.टि.भि. क्यामेराहरुलाई सेन्ट्रलाईज्ड कन्ट्रोल रुम मार्फत निगरानी गर्ने व्यवस्था मिलाईनेछ ।
सार्वजनिक सेवा प्रवाह, सुशासन क्षमता विकास
१३६. देवदह नगरपालिकाको शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, पर्यटन, युवा, बालबालिका, रोजगार क्षेत्र लगायतका आवश्यक क्षेत्रगत नीति तयार गरिने छ ।
१३७. देवदह नगरपालिका र सो अन्तर्गतका कार्यालयमा आवश्यक पर्ने मानव संसाधन व्यवस्थापनका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षणको कार्यलाई अगाडि बढाईने छ ।
१३८. नगरपालिका कार्यालयलाई ISO Certificate प्राप्त गर्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाईने छ।
१३९. पालिकाहरुले गरेको असल अभ्यासहरुको अनुसरणको लागि अनुभव आदान प्रदान कार्यक्रम गरिने छ।
१४०. देवदह नगरपालिका र अन्तर्गतका निकायहरुमा नियमित सार्वजनिक सुनुवाई गर्ने नीति अवलम्बन गरिने छ ।
१४१. राष्ट्र सेवकहरुमा कामप्रति तत्पर हुन स्वजागरण अभियान संचालन गरिने छ । साथै योग्य सक्षम, इमान्दार, लगनशिल भई नगरको विकास र सेवामा समर्पित हुने जुनसुकै तहको कर्मचारीलाई उचित मूल्याङ्कन गरी पुरस्कृत एवं सम्मान गरिने छ ।
१४२. भ्रष्टाचारजन्य क्रियाकलापमा शुन्य सहनशीलताको नीति अवलम्बन गरिने छ । जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रम संचालन गरिने छ ।
१४३. टोल विकास संस्था तथा उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजना संचालन प्रक्रिया सम्बन्धी प्रशिक्षणको व्यवस्था मिलाईने छ ।
१४४. नगर प्रहरीहरुलाई प्रभावकारी परिचालनको लागि आधारभूत तह, विपद् व्यवस्थापन, सर्प उद्दार साथै अन्य आवश्यक तालिम उपलब्ध गराईने छ ।
१४५. नागरिकको सहजताका लागि वडास्तरमै एकिकृत रुपमा घुम्ति सेवा संचालन गर्ने कार्यलाई निरन्तरता दिईने छ ।
१४६. उत्कृष्ट टोल विकास संस्था, सबैभन्दा बढी लागत सहभागिता जटाउने र उत्कृष्ट कार्य गर्ने उपभोक्ता समिति, सरसफाईमा सक्रिय संस्थालाई नगरसभामा सम्मान गरिने छ ।
१४७. देवदह नगर क्षेत्र भित्र संचालन हुने सबै प्रकारका कार्यक्रम, तालिम, सभा, गोष्ठी, सेमिनार लगायतका कार्यक्रममा प्रयोग हुँदै आइरहेका खादा, माला, मायाको चिनो जस्ता प्रकृतिका वस्तुहरुमा हुने खर्चमा कटौती गर्न स्थानीय फुलको प्रयोग गरिने छ र निर्यातित वस्तुको प्रयोगलाई निरुत्साहित गरिने छ ।
१४८. नगरपालिकाको मापदण्ड पूरा गर्ने कुनै एउटा टोललाई नमुना टोलको रुपमा विकसित गरिनुका साथै अन्य टोलहरुमा पनि अनुसरण गरिने छ ।
सामाजिक सुरक्षा तथा पञ्जीकरण
१४९. घटना दर्तालाई सत प्रतिशत बनाउन घटना घटेको ३५ दिन भित्र घटना दर्ता गर्ने (जन्म दर्ता) लाभग्राहीलाई उपलब्ध गराउँदै आएको बेबि केयर गिफ्ट वितरण कार्यक्रमलाई निरन्तरतादिईने छ।
१५०. सेवा प्रवाहलाई छिटो छरितो र सहज बनाउनका लागि घटना दर्ता अभिलेख (DIGITIZATION) वडा स्तरबाटै अभिलेख हेर्ने व्यवस्था मिलाइने छ ।
१५१. सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुलाई सहज र सरल पहुँचका लागि बैंकसँग समन्वय गरी आवश्यक सहजिकरण गरिने छ ।
१५२. व्यक्तिगत घटना दर्ताको पूर्णता मापनका लागि आवश्यक कार्यक्रमहरू सञ्चालन गरिने छ ।
१५३. घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी गुनासो र सो सँग जोडिएका जटिल विषयमा सहजिकरण गर्न आवश्यक प्रवन्ध गरी सेवा प्रवाहलाई नागरिक मैत्री बनाइने छ ।
कर प्रशासन
१५४. संविधान बमोजिम स्थानीय तहलाई प्राप्त राजश्व सम्बन्धि अधिकारको अधिकतम प्रयोग गर्दै नगरपालिकालाई आर्थिक रुपमा समृद्ध एवं आत्मनिर्भर बनाउन राजश्वका सबै संभावना र क्षेत्रहरुको खोजी गर्दै प्रगतिशिल र समतामूलक ढंगले करका दरहरु निर्धारण गरिने छ।
१५५. करदाता शिक्षालाई व्यापक रुपमा फैलाउदै कर सम्बन्धि सचेतनाको विकास गरिने छ ।
१५६. नागरिकमैत्री करको दर निर्धारण गर्न करदाताहरुसँग साक्षातकार तथा विभिन्न माध्यमबाट सुझाव संकलनको परिपाटिलाई नियमितवास्त, व्यवहारिक विक र बस्तुनिष्ट बनाईने छ।
१५७. करदातालाई समयमै कर तिर्न प्रोत्साहन गर्न करदाता सम्मान लगाएतका प्रवद्धनात्मक तथा प्रचारात्मक कार्यक्रमहरु सञ्चालन गरिने छ ।
१५८. कृषिजन्य व्यवसायलाई प्रोत्साहन गर्न कृषिजन्य उत्पादन सम्बन्धि व्यवसायहरुको वार्षिक कर छुट दिईने छ।
१५९. अपाङ्गता भएका व्यक्तिले संचालन गरेको उद्योग वा व्यावसायहरुमा लाग्ने करमा छुट दिइने नीतिलाई निरन्तरता दिईने छ ।
१६०. अव्यवस्थित रुपमा संचालनमा रहेका ठेला साईकल तथा घुम्तीजन्य व्यवसायीहरुलाई व्यवस्थित गरी करको दायरामा ल्याईने छ।
१६१. नगरपालिका अन्तर्गत दर्ता भएका व्यवसायीहरुलाई स्थायी लेखा नम्बर लिन प्रेरित गरिने छ ।
१६२. विज्ञापन कर सम्बन्धि ऐन निर्माणको प्रकृया अगाडि बढाईने छ।
१६३. कर प्रशासनलाई व्यवस्थित बनाउन आवश्यकतानुसार ऐन तथा कार्विधिहरु बनाईने छ।
स्थानीय सुरक्षा व्यवस्था
१६४. स्थानीय सुरक्षा निकाय, नगर प्रहरी र सरोकारवालाहरुबीच सुरक्षा व्यवस्थालाई सवल बनाउन आवश्यक अन्तरक्रिया कार्यक्रमहरु संचालन गरिने छ ।
१६५. सुरक्षा निकाय सहयोग कार्यक्रम संचालन गरी स्थानीय तहमा रहेका सुरक्षा निकायको भौतिक पूर्वाधारको स्तरोउन्नतीका लागि आवश्यक पहल गरिने छ ।
पूर्वाधारः
१६६. एशियाली विकास बैङ्क र देवदह नगरपालिकाको साझेदारीमा संचालित शहरी उत्थानशिलता तथा जीवनयापन सुधार आयोजनालाई उच्च प्राथमिकता दिई तोकिएको समयमै सम्पन्न गर्ने व्यवस्था मिलाईने छ ।
१६७. राष्ट्रकै गौरवको रुपमा रहेका महामानव गौतम बुद्धको मावली क्षेत्रको रुपमा रहेको पवित्र भूमिको संरक्षण र सम्वर्द्धन गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा प्रचार प्रसारका लागि लुम्बिनी विकास कोष, बुद्ध परिपथसँग सम्बन्धित सबै स्थानीय तहहरुसँगको हातेमालोमा देवदहको बृहत्तर विकासको खाका बनाईने छ ।
१६८. देवदह नगरभित्र निर्माण हुने पूर्वाधारहरु वातावरण मैत्री र जलवायु अनुकुल हुने गरी निर्माण गर्ने नीति लिइने छ ।
१६९. नगरपालिकाको कार्यालय र वडा कार्यालयहरु जोड्ने सडकहरुको प्राथमिकताका आधारमा स्तरोन्नती गरिने छ।
१७०. आम नागरिकलाई विकास आयोजनामा सहभागी गराई अपनत्व कायम गर्न “नगर समपुरक” (५०-५०) आयोजना संचालन गरिने छ ।
१७१. नगरभित्रका साघुरा सडक तथा गल्लीहरु स्थानीय स्रोत र साधनको प्रयोगलाई प्रोत्साहन गरी इन्टरलक लगाउने वा ढलाई गर्ने कार्यलाई निरन्तरता दिईने छ ।
१७२. सडक कालोपत्रे गर्दा अस्फाल्ट कंक्रिट (ASHPHALT CONCRETE) प्रविधि प्रयोग गरिने छ ।
१७३. योजना छनौट गर्दा न्यूनतम पाँच लाख भन्दा तलका खुद्रा योजना छुट्याउने परिपाटीलाई न्यूनिकरण गरिने छ ।
१७४. देवदह नगर क्षेत्र भित्रका आयोजनहरुको मर्मतको कार्य मर्मत सम्भार कोषबाट गरिने छ ।
१७५. नगरको समग्र विकास निर्माणमा सार्वजनिक तथा निजि साझेदारी अवधारणा अवलम्बन गरिने छ
१७६. उज्यालो देवदह अभियान अन्तर्गत १२ वटै वडाका प्रमुख चोक तथा संवेदनशिल स्थानहरुमा मिनी-मास्ट बत्ती जडान गरिने छ । नगर क्षेत्रभित्र रहेका विद्युतका पुराना पोलहरु व्यवस्थापन तथा विद्युत सम्बन्धी अन्य समस्याहरु नेपाल विद्युत प्राधिकरणको समन्वयमा समाधान गरिने छ ।
१७७. देवदह, रोहिणी र ओमसतियाद्वारा संयुक्त लगानीमा संचालन हुने बारुण यन्त्रको प्रभावकारी सेवा प्रदान गर्न “एम्बुलेन्स सुड फ्लो द फायर ब्रिगेड’ भन्ने अन्तराष्ट्रिय मान्यतालाई कार्यन्वयन गरिने छ साथै नगरका रणनैतिक क्षेत्रहरुमा खानेपानी संस्थानसँगको समन्वयमा फायर वाटर हाइटड्रेन्ट जडान गरिने छ ।
१७८. सडक निर्माण तथा विस्तार गर्दा बाटोको केन्द्रलाई आधार मानी दुवै तर्फ समान हिसाबले जरगा छोड्नुपर्ने नीतिलाई निरन्तरता दिँदै “निकास सहितको विकास” कार्यलाई अगाडी बढाईने छ ।
१७९. पूर्वाधार विकास कार्यक्रम अन्तर्गत अति विपन्न तथा घरबार विहिन नागरिकहरुलाई लक्षित गरी एकीकृत नमुना बस्ती विकास गरिने छ ।
१८०. सिमसार क्षेत्रको संरक्षण तथा उपयुक्त स्थानहरुमा रिचार्ज पोखरीहरुको व्यस्था गरिने छ साथै “एक वडा एक पोखरी” संरक्षणको कार्यक्रमको सुरुवात गरिने छ ।
१८१. वडाको भौगोलिक तथा जनसंख्याको विविधतालाई मध्य नजर गरी वितरणमा समता कायम गर्न सुत्रमा आधारित पूर्वाधार अनुदान कार्यक्रमलाई निरन्तरता दिईने छ।
१८२. देवदह मण्डपको पूर्वाधार विकासका कार्यक्रम अगाडि बढाउने नीति अवलम्बन गरिने छ ।
१८३. नगरभित्र निर्माण हुने सम्पूर्ण सडकहरुको गुणस्तर सुनिश्चित गर्न आवश्यक मापदण्डहरुको पालना गर्ने / गराईने छ ।
१८४. नगरपालिकाको भौतिक एवं सामाजिक सेवालाई अपाङ्गमैत्री बनाउदै लगिने छ। अपाङ्गमैत्री ऱ्याम्प निर्माणमा केन्द्रित हुँदै पार्किङ, फुटपाथ, जेब्रा क्रशिङ आदिमा नमूना अपाङ्गमैत्री संरचना निर्माण गर्ने नीतिलाई अगाडि बढाइने छ। साथै सङ्केत युक्त टायल / इन्टरलक लगाई फुटपाथ बनाउने नीति लिइने छ ।
१८५. नगरपालिका मातहतका सरकारी भवन निर्माण तथा मर्मत सम्भार कार्य ठेक्का प्रक्रिया मार्फत संचालन गर्ने नीति लिइने छ।
१८६. वडामा कम्तिमा १५ लाख वरावरको वडास्तरीय गौरवको योजना वनाउने नीति अपनाइने छ।
१८७. महत्वपूर्ण योजनाहरुको पहिचान गरी विस्तृत आयोजना प्रतिवेदन तयार गरी आयोजना बैंक तयार गरिने छ।
१८८. देवदह नगरपालिका भित्र संचालित खानेपानी संस्थाहरुको एकीकरण गरी शुद्ध खानेपानी वितरण प्रणालीमा एकरुपमा कायम गर्ने, खानेपानीमा नगरवासीको पहुँच विस्तार एवं सुनिश्चतता गर्ने नीति अवलम्बन गरिने छ । विपद् व्यवस्थापन
१८९. विपद् व्यवस्थापनका लागि चरणबद्ध योजना निर्माण गरीविपद व्यवस्थापनको कार्यलाई अगाडी बढाइने नीति अवलम्बन गरिने छ ।
१९०. आगलागीजन्य विपद् न्यूनीकरण गर्न वारुणयन्त्र पूर्णरुपमा सञ्चालन तथा व्यवस्थापन गरिने छ।
१९१. प्राकृतिक प्रकोपको समयमा उद्धार तथा राहत वितरणको कार्यलाई छिटो र प्रभावकारी बनाउनका लागि अन्य क्षेत्रहरुसँग समन्वय, सहकार्य र साझेदारी गरी एकद्धार प्रणाली मार्फत गरिने छ ।
१९२. विपद्को समयमा प्रयोग हुने खुल्ला क्षेत्रलाई संरक्षण गरी राखे प्रवन्ध मिलाईनेछ ।
१९३. प्राकृतिक प्रकोपका हिसावले जोखिम रहेका स्थानहरूमा वृक्षारोपण कार्यक्रम संचालन गरी वातावरण सन्तुलन कायम राख्दै हरियाली प्रवद्धन गरिने छ ।
१९४. बाढी तथा पहिरोको जोखिम रहेका स्थान तथा बस्तिहरुको सुरक्षाका लागि संवेदनशिल स्थानहरू, नदी किनारामा तटबन्ध तथा तार जालिको व्यवस्थापन गर्ने कार्यक्रम संचालन गरिने छ ।
१९५. नदी कटानको जोखिम न्यूनीकरण गरीवस्ती तथा खेतियोग्य जमिनको सुरक्षाको लागि कटानयुक्त क्षेत्रमा प्रदेश तथा संघीय सरकारसंगको समन्वयमा तटबन्ध निर्माणको कार्यलाई प्राथमिकताका साथ संचालन गरिने छ । फोहोरमैला व्यवस्थापन
१९६. “म सफा गर्छु मेरो नगर” नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने छ ।
१९७. देवदह नगरपालिकालाई सफा र हरियाली कायम गर्न “क्लीन एण्ड ग्रीन देवदह” को अवधारण लागु गरिने छ ।
१९८. घर-घर बाट निस्कने फोहोरलाई कुहिने र नकुहिने फोहोरमा विभाजन गरी कुहिने फोहोरलाई प्राङ्गारिक मलको रुपमा उपयोग गराउन अभिप्रेरित गरिने छ ।
१९९. नगरको फोहोरलाई दीर्घकालीन व्यवस्थापन गर्न ल्याण्डफिल्ड साइटलाई व्यवस्थित रुपमा अगाडि बढाईने छ। फोहोरलाई सेग्रिगेशन गरीदिगो आय आर्जनको माध्यम बनाउन आवश्यक मापदण्ड र कार्यविधि तयार गरीनिजि, सहकारी वा समुदायको सहकार्यमा कार्य गरिने छ।
२००. देवदह र आसपासका उद्योग कलकारखानाबाट निस्कने प्रदुषण नियन्त्रणको लागि सरोकारवालाहरुसँग समन्वय र सहकार्य गरिने छ । वन वातावरण
२०१. देवदह भित्र निर्माण गरिने सडकको दायाँबायाँ हरियाली प्रवर्द्धनका लागि वृक्षारोपण कार्यलाई अनिवार्य गरिने छ ।
२०२. वातावरण प्रदुषण नियन्त्रणको लागि प्लाष्टिकजन्य सामाग्रीको प्रयोगलाई न्यून गर्दै विभिन्न संघ संस्थाको सहकार्यमा वातावरणमैत्री झोला प्रयोगको अभियान संचालन गरिने छ ।
२०३. वातावरण मैत्री स्थानीय शासन कार्यन्वयन गर्न आवश्यक योजना तथा कार्यक्रम तयार गरिने छ। यस चालु आ.व.मा थप २ वटा वडालाई बातावरणमैत्री वडा घोषणा गरिने छ ।
२०४. हरियालि प्रवर्द्धनका लागि खुल्ला क्षेत्रमा वृक्षारोपण गर्ने कार्य गरिने छ ।
२०५. सामुदायिक वनसँगको सहकार्यमा आगलागी नियन्त्रण सम्बन्धी क्रियाकलापहरु संचालन गरिने छ ।
२०६. वातावरण प्रदुषण मापन गरीआवश्यक कार्य अगाडि बढाईने छ । ठुला आयोजनाहरु संचालन गर्दा वातावरणिय प्रभाव मुल्याङ्कन गरेर मात्र कामको थालनि गरिने छ ।
२०७.वन वनस्पति र चराचुरुङ्गी अनुकुलन वातावरण तयार गर्न सिमसार तथा ताल तलैया संरक्षण एंव प्रवर्द्धनको कार्यलाई महत्वका साथ अगाडि बढाईने छ ।
२०८. सामुदायिक वनहरुलाई पर्यापर्यटन तथा व्यवसायिकता विकासका लागि संघ तथा प्रदेश सरकारसँग समन्वय र सहकार्य गरिने छ ।
२०९. नगरभित्र जल, वायु, जमिन र ध्वनीप्रदुषण नियन्त्रण गरी बातावरण संरक्षण गर्न आवश्यक प्रबन्ध गरिने छ ।
२१०. सामुदायिक वन तथा सामाजिक संघ संस्थाहरुको सहकार्यमा शत प्रतिशत घरले जमिन नओगटेका क्षेत्रहरुमा “एक घर एक रुख” अभियान संचालन गरिने छ।
२११. वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा विद्युतीय चुल्हो, सुधारिएको चुल्हो वितरण र वायोग्याँस संचालनमा सहुलियत प्रदान गर्ने कार्यलाई निरन्तरता दिईने छ ।