• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ५. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ६. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • ७. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ८. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ९. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • १०. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

तरकारी खेती गर्दै जनप्रतिनिधी


  •   शुक्रबार, जेठ २४, २०८२ मा प्रकाशित
  • सिसहनियाँ, दाङ। “पहिला पैसाका लागि खेती गरिन्थ्यो, अब जनताको स्वास्थ्यका लागि गरिरहेकी छु।” यो भनाइ हो—राप्ती गाउँपालिकाकी कार्यपालिका सदस्य सावित्री चौधरीको। एक वर्षअघिसम्म राजनीतिक चासोमा सक्रिय सावित्री अहिले अर्गानिक खेतीमा पनि अग्रणी हुनुहुन्छ । जिम्मेवारीको गहिरो अनुभूति, माटोसँगको सम्बन्ध र स्वस्थ समाजप्रतिको सोचका साथ उहाँले यो यात्रा थाल्नुभएकाे हाे।
    चौधरीको परिचय केही समयअघिसम्म योजना निर्माण, बैठक सहभागिता र विकास योजनाको नीति–निर्माणसम्म सीमित थियो। तर अब त्यो परिधिबाट निस्किएर उहाँ कृषकको भूमिकामा प्रस्तुत हुनु भएको छ—तर परम्परागत शैलीमा होइन, अर्गानिक सोचका साथ।
    राप्ती गाउँपालिका–७, छोट्की सिसहनियाँस्थित आफ्नै ६ कठ्ठा जमिनमा उहाँले अर्गानिक तरकारी खेती सुरु गर्नुभएको छ । सुरुमा करेला,बडी र भिन्डी लगाउनुभयाे। उहाँले भन्नुभयो, “पहिलो पटक भएकाले डर लागिरहेको थियो—रासायनिक मल, विषादी बिना उत्पादन हुन्छ कि हुँदैन भन्ने द्विविधा थियो। तर वडा नं. ६ मा बनाइने प्राङ्गारिक मल र गडौला मल प्रयोग गरेँ। फल राम्रै भयो, बोट हेर्दा आत्मसन्तुष्टि मिल्यो।”
    बारीमा बोट लहराउन थालेपछि कीराको समस्या पनि देखापर्‍यो। धेरैले रासायनिक विषादी प्रयोग गर्न सुझाए। तर सावित्री त्यो बाटो लाग्नु भएन। “थोरै जैविक विषादी प्रयोग गरेँ। बोट पनि बच्यो, वातावरण पनि,” उहाँले सुनाउनुभयो , “हामीलाई यस्तै सन्तुलन सिक्न जरुरी छ।” उत्पादन राम्रो भयो—करेला,बडी ताजा, भिन्डी सफा। तर जब भालुबाङ बजारमा पुग्नुभयाे, त्यहाँ भने अर्गानिकको मूल्य बुझाउने चुनौती देखियो। “अर्गानिक तरकारीको महत्त्व नै धेरैलाई थाहा छैन,” उहाँले गुनासो गर्नुभयो , “रासायनिक तरकारीसँगै उस्तै मूल्यमा बेच्नुपर्‍यो। त्यो पीडादायी थियो।”
    तर,सावित्री त्यसबाट निराश हुनुभएन। बरु यो अवस्थालाई परिवर्तन गर्ने सपना बुन्न थाल्नुभयाे। “अर्को वर्ष बारीको क्षेत्रफल बढाउँछु। म बगर कृषि सहकारी संस्थाकाे अध्यक्ष पनि हाे सहकारीका सबै सदस्यहरूलाई अर्गानिक खेतीतर्फ जाेड्ने योजना बनाएकी छु,” उहाँले भन्नुभयो , “हामी जनप्रतिनिधिले प्रमाणित गर्नुपर्छ कि सफा खाना उत्पादन सम्भव छ—आफ्नै गाउँमै, आफ्नै जमिनमै।”
    सावित्री चौधरीको यो यात्रा केवल खेतीको प्रयोग होइन—यो नेतृत्वको परिभाषा परिवर्तन हो। आज नीति निर्माण गर्ने उहाँ , त्यसै नीति अभ्यास गर्न बारीमा पसिरहनु भएको छ। अहिलेको विषादीयुक्त खाद्य संकट र वातावरणीय जोखिमबीच उहाँजस्ता जनप्रतिनिधिका प्रयास अझ सशक्त रूपमा देखिन थालेका छन्।
    “पहिला लाग्थ्यो, योजना पास गर्नु र बैठकमा बोल्नु नै नेतृत्व हो। अहिले लाग्छ, खेतमा पस्नु पनि नेतृत्व हो,” चौधरीको भनाइ आफैंमा गहिरो पाठ हो—नेतृत्व र सेवा भावनाको पाठ हाे।
    सावित्री चौधरीको नेतृत्वले देखाइरहेको छ—जनप्रतिनिधि केवल भाषणमा होइन, कर्ममा पनि नापिनुपर्छ। माटो र मानवीय सोचबीचको पुल बनेर, उहाँले एक यस्तो यात्राको थालनी गर्नुभएकाे छ, जहाँ आत्मनिर्भरता, स्वास्थ्य र वातावरण एकसाथ हुर्किन्छन्।

    Advertisement

    शुक्रबार, जेठ २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज
    विदुरका दुई वडामा बल्यो बत्ती
    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ५.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी

    • ६.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    भर्खरै

    • १.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    • २.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

    • ४.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • ५.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ६.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ७.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ८.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation