लामो दूरीका गाडी चालक र यात्रुहरुका लागि आराम कक्षको स्थापना

सप्तरी । सप्तरीमा लामो दूरीका गाडी चलाउने चालकहरुका लागि आराम कक्ष बनाएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत शम्भुनाथ नगरपालिकामा रिफ्रेससमेन्ट सेन्टरको स्थापना गरिएको हो । प्रहरीका अनुसार लामो दूरीका गाडीलाई रोक्न लगाई पानी र चिया खुवाएर रिफ्रेस बनाउने उद्देश्यका साथ उक्त सेन्टरको स्थापना गरिएको छ । आज घटस्थापनाको दिन लामो दूरीका चालकका साथै यात्रुहरुलाई पानी र चिया खुवाएर सेन्टरको उद्घाटन गरिएको छ । आराम कक्ष (रिफ्रेससमेन्ट) सेन्टर स्थापनाको उद्देश्य दुर्घटनालाई न्यूनीकरण गर्ने रहेको छ ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...