• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, साउन ३१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • २. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • ३. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ४. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • ५. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ६. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ७. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ८. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • ९. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • १०. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

‘ऐजेरू’ कथामा सानु गुल्मेली


  •   बुधबार, चैत १९, २०८१ मा प्रकाशित
  • गुल्मीकाे पुर्काेट दहमा जमुनादेवी कुँवरकाे न्यानाे काेखबाट २०३५ सालमा जन्मेकी सानु गुल्मेली शिक्षामा एम.एड.हुन् । उनका पिताकाे नाम प्रेमबहादुर कुँवर हाे । उनकाे जीवनसाथी दिपक खड्का हुन् । उनका छाेरी आकृति,प्रकृति र छाेरा प्रिन्स खड्का हुन् । हाल उनी श्री क्षेत्र विकास मा.वि. पुण्यखाेला प्यूठानमा नेपाली भाषा शिक्षककाे रुपमा कार्यरत छन् । सानु गुल्मेली साहित्यिक नाम हाे । उनकाे न्वरानकाे नाम राजकुमारी कुँवर हाे ।
    साहित्यमा गद्य कविता, गजल, निबन्ध, मुक्तक र कथा लेख्ने उनलाई लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालले गजल रत्न सम्मान (२०७९) प्रदान गरेकाे छ । उनी लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालकाे जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य, बालसाहित्य समाजकाे प्रदेश काेषाध्यक्ष, नवज्याेति पुस्तकालयकाे आजीवन सदस्य हुन्।
    उनकाे पहिलाे कथा ‘लुनी’ (२०७०) हाे । यहीबाटै उनकाे कथा विधाकाे सिर्जन यात्रा शुरु हुन्छ । उनकाे पहिलाे प्रकाशित कृति ‘ऐंजेरु’ कथा सङ्ग्रह (२०८१) हाे ।
    कथ्’ धातुमा ‘टाप्’ (आ) प्रत्यय जोडिएर बनेको ‘कथा’ संस्कृत तत्सम शब्द हो । यसको अर्थ कथ्नु, आहान भन्नु हुन्छ । कुनै घटनालाई गद्यमा सन्सनीपूर्ण तरिकाले काैतूहल जगाई कलात्मक तरिकाले प्रस्तुत गर्नु कथा हाे । याे प्रचलनकाे रुपमा समाजमा परापूर्व कालदेखि श्रुति स्मृतिकाे रुपमा चल्दै आएको विधा हो । अहिले आधुनिक छापखाना युगमा प्रकाशनमा धेरै सहज भएकाे छ।
    कथाका बारेमा विभिन्न विद्वानहरूका आ-आफ्नै अवधारणाहरू पाइन्छन् । एडगर एलेन पोले कथालाई एकै बसाइमा पढेर सकिने र पाठकमा एउटा प्रभाव जन्माउने पूर्ण रचनालाई कथा मानेका छन् । एच.बी वेल्सले २० मिनेटमा पढेर सकिने आख्यानलाई कथा हो भनेका छन् । ब्रेन्डर म्याथ्युजले एकै मात्र चरित्र वा एउटै परिस्थितिबाट अद्भुत विभिन्न संवेगहरूको शृङ्खलाबद्ध रचनालाई कथा भनेका छन् । नेपाली साहित्य परम्परामा महाकवि देवकोटाले छोटो किस्सा एउटा सानो आँखीझ्याल हो, जहाँबाट एउटा सानो संसार चियाइन्छ भनेका छन् ।
    यी परिभाषाहरूलाई हेर्दा कथामा यथार्थ, काल्पनिक, ऐतिहासिक, पाैराणिक जुनसुकै क्षेत्रका कथावस्तु भए पनि त्याे विषयमा लेखिएकाे गद्य आख्यान कथा विधा हाे । कथा पनि याैगिक वस्तुझै हाे । जसरी याैगिक वस्तु विभिन्न तत्वहरुकाे संयाेगबाट बन्छ, कथा पनि विभिन्न तत्वहरुकाे संयाेगबाट बन्छ । याे मूलत: आरम्भ, विकास, उत्कर्ष र उपसंहारकाे ढाँचामा लेखिन्छ ।
    कथामा कथानक हुन्छ । कथानकमा पात्र हुन्छन् । परिवेश हुन्छ । पात्रहरु बिच संवाद चल्छ । संवादमा प्रभावकारी भाषाशैली हुन्छ । पात्रहरुबिच आपसी मनाेवैज्ञानिक द्वन्द्व चल्छ । त्याे अन्तरवाह्य दुई प्रकृतिकाे हुन्छ । जहाँ सङ्घर्ष मच्चिदै उत्कर्षमा पुग्छ । कथामा पनि वियाेगान्त र संयाेगान्तका गुणहरु हुन्छन् । अन्त्यमा कथाले एउटा गम्भीर सन्देश दिएर जान्छ । ‘ऐजेरू’ कथा सामाजिक यथार्थवादमा आधारित छ । सामाजिक यथार्थवादले समाजमा घटेका घटनाहरुकाे यथार्थ चित्रण गर्छ । जसले सामाजिक,आर्थिक समस्या, अन्धविश्वास, विसङ्गति जीवन-संघर्ष, गरीबी, अपमान, पहिचान जस्ता विषयमा सशक्त चित्रण गर्छ । यसले के गरिंदै थियाे मात्र हैन, के गर्नुपर्लातिर भन्ने सिर्जनात्मक सुझतिर सङ्केत गर्छ ।
    सानुका कतिपय कथाहरु आदर्शवादी छन् । समाजमा गर्न नहुने व्यवहारलाई निषेध गरिन्छ, गर्न हुने व्यवहारलाई स्वीकृत गरिन्छ । स्वीकृत व्यावहारहरु ‘आदर्श’ हुन् । आदर्श दर्श आधार पदमा आ उपसर्ग लागेर बनेकाे हुन्छ । आदर्श भनेकाे विशेष रुपमा बाटाे देखाउनु हाे । आदर्शकाे बाटाे हिंड्दा समाजमा द्वन्द्व हुँदैन । तथापि स्थिर चित्त, धीर प्रशान्त स्वभाव, संयमता, शालीनता, आवेग नियन्त्रण, हंशमुख पनि आदर्शवादका भावनात्मक उपकरण हुन् । यसले कुनै जाति सम्प्रदायकाे विषयमा मात्र साेंच्दैन, अपितु सम्पूर्ण मानव समुदायकाे हितसँग सम्बन्ध राख्छ ।
    ऐजेरू कथा सङ्ग्रहमा ११ वटा कथाहरु छन् । कथाहरु शब्द,वाक्यका चाेयाले बुनेका कलात्मक आख्यान हुन् । कथा बुन्न जान्नु पर्छ । कथाकार सानुमा त्याे शिल्पसामर्थ्य छ। यी कथाहरुमा विधागत संरचना छ । कथानक, परिवेश, पात्र, संवाद, द्वन्द्व, शैली,सन्देशका दृष्टिले कथा लेखनमा परिपक्व बनेकाे देखिन्छ।
    यस कथामा प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री रेखा शर्माकाे शुभकामना छ । समालाेचक प्रा.डा गाेपिन्द्र पाैडेलकाे सूक्ष्मदर्शी समीक्षा छ । साहित्यकार प्रमाेद प्रधानकाे भूमिका छ । त्यसपछि लेखककाे आफ्नै गन्थन छ । सानुकाे पहिलाे कथा ‘ऐजरू’मा प्रेमपूर्वक विवाह गरेका छाेराबुहारीकाे मनाेविज्ञान बुझ्न नसक्दा स-साना कुराबाट विक्षिप्त बनेर गृहत्याग गरेका गजेन्द्र अन्ततः पश्चाताप मानी घर फर्केका छन् । घर फर्काउन सक्नु आदर्श हाे ।
    ‘त्याग’ कथामा आफू नि:सन्तान हुँदा सन्तानकाे रहर पूरा गर्न साैता ल्याउन सल्लाह दिएकी र पछि साैताकाे वचन सहन नसकी घर छाेडेकी एक आदर्श महिलाकाे सहनशीलता देखाइएकाे छ । ‘दुईध्रुव’ कथामा एक विवाहित पुरुषले अर्की विवाहित महिलाप्रतिकाे आकर्षण देखाइएकाेछ । यसमा अनु नामक महिला पात्रले पुरुषलाई मुखभरिकाे जवाफ दिएकी छन् । यसमा एकाेहाेराे आकर्षणकाे चर्चा छ । ‘देशकाे समाचार’ शीर्षकमा वर्तमान विद्रूप अवस्थाकाे चित्रण छ । ‘धर्मकाठ’ शीर्षकमा ओैर्दाेदेहिक कृयामा देखिएकाे विकृति र समाज सुधारकाे सन्देश छ । ‘पूर्ण विराम’ कथामा पढ्न जाँदा ऋण नपत्याएका देवानन्द शाहुले त्यही केटा पछि पढेर अधिकृत बनी गाउँमा आएपछि छाेरी दिन प्रस्ताव गर्दा अस्वीकार गर्ने स्वभिमान पात्रकाे चित्रण छ ।
    ‘प्रताडित’ आमा कथामा छाेरीले अन्तरजातीय विवाह गर्दा छाेरीसँग भेट नभई संसारबाट बिदा भएकी चारुकाे असह्य वेदना र थानेश्वरकाे पश्चात्ताप देखाइएकाे छ ।
    ‘फिलिङ्गाे’ कथामा लाेग्ने स्वास्नीकाे झगडा, परालकाे आगाे कथालाई आधार मानेर लेखिएकाे छ । याे कथा अब परालकाे आगाे मात्र नहुन सक्छ, त्याे समाज भत्क्याउने फिलिङ्गाे बन्न सक्छ भन्दै महिला सशक्तीकरणले दाम्पत्य जीवनलाई जटिल बनाई दिएकाे छ भन्ने सन्देश दिएकाे छ । याे प्रयाेगात्मक कथा हाे।
    ‘समानुभूति’ कथामा सम अनुभूतिकाे प्रसङ्ग उठाइएकाे छ । आफूलाई जुन व्यवहार देखाउँदा पीर लाग्छ, अरुलाई पनि त्यही व्यवहार देखाउँदा पीर लाग्छ भन्दै रहनकाे लागि सहनुपर्छ भन्ने सन्देश दिएकाे छ । ‘सामाजिक न्याय’मा बाेल्न नसक्ने लाटाे पात्रकाे माैन विद्राेहकाे सशक्त चित्रण छ । अपाङ्गताप्रति संवेदनशील बन्नु पर्छ भन्ने सन्देश हाे ।’छ‌ैटीकाे बत्ती’ कथामा छैटीमा गरिने छाेरा छाेरीप्रतिकाे विभेद र पश्चात्तापकाे चित्रण छ ।
    अन्त्यमा सानुका कथाहरु ग्रामीण परिवेशमा आधारित छन् । कारण कार्य श्रृङ्खलामा आबद्ध छन् । समाजमा रहेका विकृत खालका अन्ध विश्वासहरु र त्यसकाे हुबहु अभ्यासले पारेकाे सामाजिक दुश्प्रभाव विरुद्ध लक्षित छ । सुधारकाे चाहना छ । सत पात्र र असत पात्रकाे चित्रण छ । पीडितकाे मनाेदशा र पीडककाे अमानवीय चरित्रकाे चित्रण छ । उनले पश्चाताप, सङ्कल्प र नवचेतनाबाट हृदय परिवर्तन गरी समाज बदल्न सकिन्छ भन्ने धारणा राख्छिन् । उनी सामाजिक यथार्थवाद, समाजवादी आदर्शवादमा विश्वास राख्छिन्। शिक्षण पेशामा निष्ठापूर्वक लाग्नु, गृहसन्चालन गर्नु, उम्लेकाे वात्सल्यभावकाे कारण समय समयमा राजधानीसम्म पुग्नु, साहित्य साधनामा लाग्नु, परिवार चलाउनु सानुका दैनिकी बनेकाे छ ।
    सानुलाई बधाई छ, साहित्यमा सानुकाे पहिलाे कृति नै परिस्कृत निस्केकाे छ । याे उज्यालाे भविश्यकाे सङ्केत हाे । मङ्गलमय शुभकामना ।

    Advertisement

    बुधबार, चैत १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई
    ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’
    कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद
    लोक भजन संरक्षण प्रतिष्ठान गुल्मीको अध्यक्षमा हुमनाथ पन्थ
    राप्तीमा दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन
    राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूती’ सार्वजनिक

    लोकप्रिय

    • १.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • २.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ

    • ३.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ४.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ

    • ५.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ६.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    भर्खरै

    • १.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

    • २.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    • ३.
      प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

    • ४.
      विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

    • ५.
      मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    • ६.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

    • ७.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

    • ८.
      रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation