अर्घाखाँची — भूमिकास्थान नगरपालिका-१०, धनचौरका दुई युवाको झिमरुक खोलामा पौडी खेल्ने क्रममा ज्यान गएको छ।
मृत्यु हुनेहरूमा धनचौर देउराली नेटाका १९ वर्षीय दिलीप नेपाली र १७ वर्षीय अशोक नेपाली रहेका छन्। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार उनीहरू शनिबार साथीहरूसँग खोलामा पौडी खेल्न गएका थिए।
छ जना युवाको समूह पौडी खेल्न गएको भए पनि दिलीप र अशोक खोलाबाट लामो समयसम्म बाहिर नआएपछि साथिहरूले आफन्तलाई खबर गरेका थिए। खोजी कार्यपछि प्रहरी र स्थानीयबासीले दुवै जनालाई मृत अवस्थामा फेला पारेका हुन्।@क्ज
मृतकहरूको शव पोस्टमार्टमका लागि अर्घाखाँची अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
Advertisement