• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असार २२, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट

‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

लोकप्रिय समाचार

  • १. प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

  • २. बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन कार्यशाला

  • ३. प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

  • ४. बेलुवा–बिजुवार सडक विस्तारमा दर्जनौं घर प्रभावित, सुझाव लिन संवाद कार्यक्रम

  • ५. नौबहिनीमा उत्कृष्ट किसानहरु सम्मानित

  • ६. गण्डक नहरमा युवक बेपत्ता, खोजी जारी

  • ७. भारी वर्षाको सम्भावना: राप्ती गाउँपालिकामा दुई दिन विद्यालय बन्द

  • ८. क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

  • ९. मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

  • १०. शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

शिक्षाकाे गुणस्तर सुधार्न अभिभावकले निगरानी राख्नुपर्छ:मुख्यमन्त्री आचार्य


  •   मङ्गलबार, माघ ०८, २०८१ मा प्रकाशित
  • दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राजपुर गाउँपालिका–५, गंगदीस्थित साधारण नमुना माध्यमिक विद्यालयको नव निर्मित शैक्षिक भवनको उद्घाटन गर्नुभएको छ । यो भवन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको अनुदान सहयोगमा निर्माण गरिएको थियो ।
    मुख्यमन्त्री आचार्यले विद्यालयले विकट क्षेत्रमा शिक्षाको उज्यालो छर्न पुर्‍याएको योगदानको प्रशंसा गर्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र नतिजा खस्किएकोले सुधारका लागि सघन योजना निर्माण गरी कार्यान्वयन गर्न जोड दिनुभयो । उहाँले लुम्बिनी प्रदेश सरकार शैक्षिक गुणस्तर बढाउन र नतिजा सुधार गर्न प्रतिबद्ध रहेको बताउनुभयो । `भवन मात्र भएर हुँदैन, गुणस्तरीय र व्यावसायिक शिक्षा बढाउन आवश्यकता छ । अभिभावक र शिक्षकबीच समन्वय गरेर शिक्षाको गुणस्तर बढाउन सकिन्छ´उहाँले भन्नुभयाे-`प्रदेश सरकारले शैक्षिक क्षेत्र सुधार्न ध्यान दिएकाे छ ।´
    मुख्यमन्त्री आचार्यले राजपुर गाउँपालिकाको गत वर्षको एसईई नतिजा निराशाजनक रहेको भन्दै यस वर्षको नतिजा सुधारका लागि पठनपाठनलाई चुस्त बनाउन आग्रह गर्नुभयो ।`सिङ्गो पालिकाबाट एसईईमा केवल एक जना मात्र पास हुनु दुखद कुरा हो । यसलाई सुधार्नका लागि समस्याको जड पत्ता लगाएर उपचार गर्नु जरुरी छ´उहाँले भन्नुभयाे-`शिक्षाकाे गुणस्तर सुधार्न अभिभावकले कडा निगरानी राख्नुपर्छ । सबै तह र तप्काबाट ध्यान दिएर शैक्षिक गुणस्तर बढाउन सकिन्छ ।´ संघीयताका कारण विकास निर्माणले गति लिएको उल्लेख गर्दै, विकट बस्तीमा सेवा-सुविधा पुर्‍याउन प्रदेश सरकारले विशेष ध्यान दिएको बताउनुभयो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम चौधरीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । लुम्बिनी प्रदेशका पूर्व सांसद रेवतीरमण शर्माले विद्यालयबीच शैक्षिक गुणस्तरमा प्रतिस्पर्धा हुन आवश्यक रहेको र यसका लागि सबै निकायबीच समन्वय र सहकार्य बढाउनुपर्ने धारणा राख्नुभयो । नेकपा (एमाले) का केन्द्रीय सदस्य जीवन गौतमले शैक्षिक गुणस्तरलाई प्राथमिकतामा राखेर विद्यालयलाई सुधार गर्नुपर्ने बताउनुभयो । उहाँले विद्यार्थीसँग सीप र दक्षता अभिवृद्धि गरी अघि बढ्नुपर्ने तथा विषयगत शिक्षकको व्यवस्थापन र पाठ्यक्रम सुधार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । गाउँपालिकाकी उपाध्यक्ष धनपतीदेवी यादवले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर लगानी गरिएको र कक्षा १२ सम्म निःशुल्क शिक्षा लागू गरिएको बताउनुभयो । राजपुर गाउँपालिकाका पूर्व अध्यक्ष लोकराज केसीले प्राविधिक धार सञ्चालन गरेर विद्यालयलाई नमुना बनाइएको उल्लेख गर्नुभयो ।
    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नागेन्द्रप्रसाद यादवले विद्यालयको शैक्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । प्रमुख अतिथि मुख्यमन्त्री आचार्यले विद्यालयका पूर्व प्रधानाध्यापकहरूलाई सम्मान गर्नुभएको थियो ।

    Advertisement

    मङ्गलबार, माघ ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु
    पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक
    रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग
    गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट
    पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 
    गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

    लोकप्रिय

    • १.
      प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

    • २.
      बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन

    • ३.
      प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

    • ४.
      बेलुवा–बिजुवार सडक विस्तारमा दर्जनौं घर प्रभावित, सुझाव

    • ५.
      नौबहिनीमा उत्कृष्ट किसानहरु सम्मानित

    • ६.
      गण्डक नहरमा युवक बेपत्ता, खोजी जारी

    भर्खरै

    • १.
      बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

    • २.
      नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

    • ३.
      पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

    • ४.
      रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

    • ५.
      गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

    • ६.
      गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट

    • ७.
      ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

    • ८.
      प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation