काठमाडौं- चितवनमा युवक कुट्ने प्रहरी निलम्बित भएका छन्। चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा युवकलाई लात्ती हान्ने प्रहरी निलम्बित भएका हुन्।
ती प्रहरीले युवकलाई लात्ती हान्दै लडाएको र लडेरपनि पुन:कुट्दै गरेको भिडियो समाजिक सञ्जालमा भाइरल छ।
भिडियो भाइरुल भए लगत्तै चितवन प्रहरीले यस विषयमा डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। सोही समितिको छानविन अनुसार कुटपिट गर्ने प्रहरीलाई निलम्बन गरी थप कारबाही प्रक्रिया अघि बढाइएको हो।
भाइरल भिडियोमा ती कुट्ने प्रहरीले ‘पावर देखाएको’,’फोन गरेको’ भनेको सुनिन्छ। प्रहरीले भने यो घटना भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा सवारी जाँचका क्रममा भएको जनाएको छ।
Advertisement