बुटवल। बुटवल उपमहानगरपालिका–११ मा नवजात शिशु मृत अवस्थामा फेला परेका छन् ।
बुटवल मजुवा क्षेत्रको डम्पिङ साइटमा भर्खर जन्मेकी नवजात शिशु मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितले बताए।
नवजात शिशु महिना पुगेर नै जन्मिएको र जन्मिएपछि फालेको अवस्थामा फेला परेको बताउँदै उनले मृत्युको कारण खोज्ने काम भइरहेको डीएसपी पण्डितले बताए ।
फोहोरको डम्पिङ्ग साइटमा शिशु जलेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शिशुको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको बताउँदै डीएसपी पण्डितले मृतक नै जन्मेर गाडेको वा अवैध तरिकाले बच्चाको हत्या भएको भन्ने बारेमा अनुसन्धान हुने जानकारी दिए ।
घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो ।
Advertisement