काठमाडौं । काठमाडौंको नयाँ वानेश्वरमा रहेको ‘संगम स्वीट्स’को मिठाईमा अखाद्य वस्तु भेटिएपछि खाद्य प्रविधि तथा नियन्त्रण विभागले संगम स्वीट्सको गोदाम घरमा सिलबन्दी गरेको छ । अनुगमनमा गरेको विभागको टोलीले अखाद्य वस्तु बिक्री वितरण गरेको र उपभोक्ताको न्यूनतम मापदण्ड पूरा नगरेको पाइएपछि सिलबन्दी गरेको हो ।
Advertisement
अर्काे सुचना जारी नभएसम्म संगम स्वीट्सको उत्पादन बिक्री वितरणमा पनि प्रतिबन्ध लगाइएको छ । अनुगमनका क्रममा कपडा चम्काउन प्रयोग हुने प्रतिबन्धित ‘हाइड्रो ए वान’ केमिकल मिठाईमा प्रयोग गरेको पाइएको छ ।
मिठाइलाई चमक दिने उक्त केमिकल स्वास्थ्यका लागि हानिकारक छ । यस वाहेक मिठाईमा प्रयोग हुने अन्य सामाग्री पनि पुराना भएको र मानव स्वास्थ्यमा असर पार्ने खालका भेटिएको बिभागका कर्मचारीले जनाएका छन् ।