अर्घाखाँची। अर्घाखाँचीमा टिपरलाई टाइमकार्ड लागू गरिएको छ।
दुर्घटना न्युनीकरण गर्न गोरुसिंगे सन्धिखर्क सडकमा सञ्चालन हुने टिपरलाई टाइमकार्ड लागू गरिएको हो।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले गोरुसिंगे सन्धिखर्क सडकको डोहोटेदेखि नरपानी सम्म चल्ने टिपरमा टाइमकार्ड लागु गरिएको जानकारी दिए । उनका अनुसार
तीव्र गतिमा सञ्चालन हुने टिपरका कारण दुर्घटनाको जोखिम हुने भएपछि समय तालिका अनुसार टिपर सञ्चालन गराउन लागिएको हो।
आज बिहीबारदेखि नरपानीदेखि डोहोटेसम्मको ३८ किलोमिटर सडकमा जाँदा ४ घण्टा र फर्कँदा डोहोटेबाट नरपानीसम्म साढे २ घण्टाको समय कायम गरिएको छ।
Advertisement