• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • २. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ३. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ४. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ५. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ६. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ७. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

गुल्मीको सिमाह घाटमा ढकमक फूले सयपत्री


  •   बिहिबार, कार्तिक ०८, २०८१ मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लामा व्यवसायीक रुपमा फूल खेती नहुँदा फूलका निम्ती बुटवल लगायत अनेत्र शहरको भर पर्नुपर्ने अवस्था रहेको थियो । जिल्लामा हुँने ठूला मेला महोत्सवमा बुटवलबाटै फूलका माला ल्याउनुपर्ने बाध्यता थियो ।
    तर पछिल्लो समय जिल्लाका ग्रामीण वस्तीमा व्यवसायी फूल खेती शुरु हुन थालेका छन् । जिल्लामा तिहार लगायत विभिन्न मेला महोत्सव लक्षित गरेर व्यवसायीक रुपमा फूल खेती हुन थालेको छन्। गुल्मी जिल्लाका ग्रामीण वस्तीमा व्यवसायी रुपमा फूल खेती गर्ने कृषकहरु बढ्दै जान थालेका छन् । नेपालीहरुको दोस्रो ठूलो महान पर्व तिहारलाई लक्षित गरेर व्यवसायीक रुपमा फूल खेती गर्न थालिएको छ । पहिले गाउँ घरमा वरपर मागेर फूलका माला बनाउने प्रचलन रहेको थियो । तर पछिल्लो समय घर घरमा फूल खेती नगर्नु र स्थानीय तहले कृत्रिम फूलका माला निषेध गरेकाले व्यवसायीक रुपमा फूल खेती गर्ने कृषकहरु बढदै गएका हुन् । गुल्मी जिल्लामा करिब ३० जना कृषकले धेरै परिमाणमा उत्पादन गर्ने व्यवसायीक रुपमा फूल खेतीमा आबद्ध रहेका छन् । पछिल्लो समय कृषिलाई आफ्नो व्यवसाय बनाएर लागेका युवा रेसुङ्गा नगरपालिका वडानम्बर–६ मा प्रेम नेपालीले पुष्प खेतिको सुरुवात गर्नुभएको छ ।
    नेपालीले जग्गा भाडामा लिएर यसवर्ष २ रोपनी क्षेत्रफलमा व्यवसायीक रुपमा फूल खेती गरेका छन् । अघिल्लो वर्षबाट फूल खेती शुरु गर्नु भएका नेपालीको फमर्म यतिबेला तिहार पर्वलाई लक्षित गरेर फूलहरु फूलिरहेका छन् ।
    अघिल्लो वर्ष तिन रोपनी क्षेत्रफलमा फूल खेती गरेका नेपालीले यसवर्ष २ रोपनीमा मात्रै गरेका छन् । अघिल्लो वर्ष बिक्री कम भएकाले क्षेत्रफल घटाएको नेपालीको भनाइ छ ।
    अहिले गाउँ घरमा पनि कम फूलहरु फूलेकाले माग उच्च हुन सक्ने अनुमान नेपालीको छ । तर उत्पादन कम छ ।
    त्यस्तै रेसुङ्गा नगरपालिका वडानम्बर–१० मा बिनोद कुँवरले पनि फूल खेतीको उत्पादन क्षेत्रफल घटाएका छन् । उहाँले अघिल्लो वर्ष १ रोपनी क्षेत्रफलमा मात्रै फूल खेती गरेका छन् । इस्मा गाउँपालिकाको वडानम्बर–३ मा गोकर्ण नेपालीले पनि क्षेत्रफल घटाएर १ रोपनी क्षेत्रफलमा फूल खेती गरेका छन् । त्यस्तै छत्रकोट गाउँपालिका वडानम्बर–३ मा भूवन खराल, सत्यवती गाउँपालिका वडानम्बर–१ मा महेन्द्र खत्री यी कृषकहरुले पनि यसवर्ष उत्पादन क्षेत्रफल घटाएका छन् ।
    अघिल्लो वर्ष उत्पादन धेरै भएपनि जिल्ला बाहिर फूल निर्यात गर्न नसक्दा कृषकहरुले उत्पादन क्षेत्रफल घटाएका हुन् । जिल्लाभर साना ठूला गरेर १ सय जना कृषकहरु फूल खेतीमा आवद्ध रहेका छन् । अघिल्लो वर्ष १ सय रोपनी क्षेत्रफलमा फूख खेती भएको थियो । तर यसवर्ष ५० रोपनी क्षेत्रफलमा मात्रै फूल खेती गर्दै आएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताउनुभयो । अघिल्लो वर्ष फूल धेरै उत्पादन भएको र बिक्री कम भएकाले कृषकले उत्पादन क्षेत्रफल घटाएको भण्डारीले बताए । फूल खेती बिस्तार गर्न कृषि ज्ञानकेन्द्र गुल्मी प्राबिधिक ज्ञानसँगै समुहमा बीउ वितरण गर्ने गरेको छ ।
    जिल्लामा फूल खेती गर्ने कृषकहरुलाई आबश्यक तालिमहरु पनि प्रदान गर्ने गरेको भण्डारीले बताउनुभयो । तिहारको पाँचौ दिन भाइटिकाको दिन टिकासँगै फूलका माला लगाउने प्रचलन रहि आएको छ ।
    त्यसैले गर्दा यस समयमा विभिन्न जातका फूलको माग बढि हुन्छ । जिल्लामा धेरै जसो कृषकले सयपत्री फूल खेती गर्दैआएका छन् । अहिले ग्रामीण भेगमा रहेका रैथाने फूल, थुंगे, मखमली लगायत विभिन्न जातका फूलहरु हराउदै गएका छन् । उन्नत जातका बीउका फूलहरु लगाउने गर्नाले रैथाने जातका फूलहरु पाउन मुस्किल पर्न थालेको कृषि ज्ञानकेन्द्र प्रमुख भण्डारीले बताए । सामान्य मेहनत र थोरै लगानीले धेरै आम्दान गर्न सकिने नगदे बालीका रुपमा फूल खेतीलाई लिइन्छ । तिहार लगायत, बिवाह, पूजा तथा मेला महोत्वसमा फूलको माग बढि हुन्छ ।
    जिल्लामा यसवर्ष तयारी प्रति मालाको २ सय रुपैयाँ र प्रति केजी ५ सय रुपैयाँमा बिक्री हुने गरेको छ ।

    Advertisement

    बिहिबार, कार्तिक ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ३.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • ५.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    • ६.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation