बुटवल। ६९ औं प्रहरी दिवसकाे अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अमर प्रहरी प्रति श्रद्धाञ्जली अर्पण गर्नु भएको छ । प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा आयाेजना गरिएको प्रहरी दिवस कार्यक्रममा सहभागी हुनु भएका मुख्यमन्त्री आचार्यले अमर प्रहरीकाे स्मृतिमा निर्माण गरिएको शालिकमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गर्नु भएको हाे ।
देशमा भएको विभिन्न आन्दोलनहरु, द्धन्द्धका क्रममा सहादत प्राप्त गर्नुहुने सवैप्रति श्रद्धाञ्जली, अपांगता भएकाहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।
प्रहरी संगठनको स्थापना वि.सं. २०१२ असोज ३१ गते भएको थियो । हरेक बर्ष प्रहरी दिवस मनाउने गरिएको छ । स्थापना कालमा ७ हजार पाँच सयलाई लिएर नागरिकको जीउधनको शान्ति सुरक्षाको जिम्मेवारीका साथ संगठित यो संस्थाले झण्डै ८० हजार बढी जनशक्ति लिएर अहिले ३ करोड नागरिकको सुरक्षा गर्ने अभिभारा पुरा गरिरहेको छ ।
अमर प्रहरी प्रति मुख्यमन्त्री द्वारा श्रद्धाञ्जली अर्पण
अमर प्रहरी प्रति मुख्यमन्त्री द्वारा श्रद्धाञ्जली अर्पण
Advertisement
तपाईको प्रतिक्रिया