गुल्मी । नेकपा एमाले सत्यवती गाउँपालिका अध्यक्षमा युवराज न्यौपाने चयन भएका छन् । पालिका कमिटीको दोस्रो अधिवेशनले न्यौपानेको अध्यक्षतामा ४५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
जसको उपाध्यक्षमा डिल्लिराज भट्टराई, सचिबमा रुक बहादुर राना,उपसचिवमा खडकवीर राना रिता रम्तेल लगायत रहेका छन्। एमाले गुल्मीले जिल्लाका १२ वटै स्थानीय तहको अधिवेशनलाई तीव्रता दिएको छ ।
अब केही पालिकाहरुको अधिवेशन गर्न मात्रै बाँकी रहेको पार्टीले जनाएको छ ।
Advertisement