लुम्बिनी। लुम्बिनीमा चौथो अन्तर्राष्ट्रिय मेगा सुन्य रिट्रीट भव्य रूपमा सम्पन्न भएको छ । लुम्बिनी स्थित अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हलमा डिएक्सएन (DXN) इन्टरनेशनलको आयोजनामा सनिवार कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको प्रमुख वक्ता डाक्टर राजेश सबेराले विश्वभरका साधक र ध्यानप्रेमीहरूको मनसिक शुद्धताका लागि रिट्रीट कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
कार्यक्रममा डाक्टर सबेराले सहभागीहरूलाई ध्यान, शान्ति, र मानसिक सन्तुलनको विशेष प्रशिक्षण प्रदान गर्नुभएको थियो । सहभागीहरूले सुन्यता (शून्य)को महत्त्व र यसलाई दैनिक जीवनमा कसरी अपनाउन सकिन्छ भन्ने विषयमा विस्तृत जानकारी पाएका थिए ।.कार्यक्रममा अनलाइन मार्फत विश्वका विभिन्न देशका प्रशिक्षकहरूले पनि सहभागी भई सुन्यताको दर्शन र यसको व्यावहारिक पक्षमा प्रशिक्षण प्रदान गरेका थिए । सहभागीहरूले योग र ध्यानका विविध विधिहरू सिक्दै आन्तरिक शान्ति प्राप्त गर्ने तरिकाहरूमा ध्यान केन्द्रित गरेका थिए ।
कार्यक्रमका आयोजक मोहम्मद रफिकका अनुसार, रिट्रीटले आन्तरिक शुद्धता र मानसिक शान्तिका लागि एक महत्त्वपूर्ण भूमिका खेलेको छ । लुम्बिनीको ऐतिहासिक र आध्यात्मिक महत्त्वलाई ध्यानमा राखेर आयोजना गरिएको यो कार्यक्रमले अन्तर्राष्ट्रिय ध्यान समुदायलाई पनि आकर्षित गरेको छ । यस रिट्रीटले ध्यानको महत्त्वलाई पुनः पुष्टि गर्दै मानिसहरूलाई जीवनमा शान्ति र सन्तुलन कायम गर्न प्रेरित गरेको आयोजक रफिकले जानकारी दिनुभयो । कार्यक्रममा नेपालका विभिन्न जिल्लाका नागरिकहरू साथै छिमेकी मुलुक भारतका नागरिकहरूको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा ५ हजारको सहभागीता रहेको थियो ।
कार्यक्रमले ध्यान, योग, र मानसिक सन्तुलनको अभ्यासलाई अझ सशक्त बनाउँदै सहभागीहरूलाई आन्तरिक शुद्धताका लागि उत्प्रेरित गर्न सफल भएको छ ।
लुम्बिनीमा चौथो अन्तर्राष्ट्रिय मेगा सुन्य रिट्रीट
लुम्बिनीमा चौथो अन्तर्राष्ट्रिय मेगा सुन्य रिट्रीट
Advertisement
तपाईको प्रतिक्रिया