• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज ०६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

लोकप्रिय समाचार

  • १. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • २. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ३. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ४. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ५. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • ६. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ७. सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

  • ८. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ९. कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

  • १०. बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

मानव वन्यजन्तु द्वन्द्व न्यूनिकरण गर्ने प्रदेश सरकारको योजना


  •   शनिबार, असोज ०५, २०८१ मा प्रकाशित
  • दाङ–लुम्बिनी प्रदेश सरकारले मानव वन्यजन्तु द्वन्द्व घटाउने उद्देश्यले वन्यजन्तुको सुरक्षित बासस्थान, आहारा प्रजातीको व्यवस्थापन गर्ने उद्देश्यले पानीको मुहान तथा सिमसार संरक्षण, वन भित्र संरक्षण पोखरी निर्माण लगायतका काम गरेको छ । गत आर्थिक बर्षमा ३१ वटा पानी मुहान तथा सिमसार क्षेत्रको संरक्षण गरिएको छ भने १३ वटा नयाँ संरक्षण पोखरी बनेका छन् ।
    बन्यजन्तुको बासस्थान नासिदै जाँदा, आहाराको अभाव हुदा र पानीका मुलहरु सुक्दा बन्जयन्तु मानव बस्तीतर्फ पस्न थालेको विभिन्न अध्ययनले देखाएको छ । बन्यजन्तुको सुरक्षित बासस्थान, आहारा र पानीको स्रोत सुनिश्चित गर्न प्रदेश सरकारले योजनाबद्ध काम गरिरहेको वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्लेले बताउनु भयो ।‘यो पोखरी पनि हामीले संरक्षणमा योग्दान पु¥याउन बनाएका हौं । वन्यजन्तुलाई पानी खोज्दै बस्तीमा जान नपरोस । वन्यजन्तुलाई वनमै राख्न सकिएको खण्डमा मानव वन्यजन्तु विचको द्वन्द्व घटाउन सकिन्छ । यसबाट पानीको स्रोत पनि संरक्षण हुन्छ र वन्यजन्तुको प्यास पनि मेटाउछ’उहाँले भन्नुभयो,‘वन्यजन्तुको बासस्थान सुधारका लागी प्रदेश सरकारले कार्यक्रम गरिरहेको छ ।’
    लुम्बिनी प्रदेशमा मानव वन्यजन्तु द्वन्द्वका कारण गत आर्थिक बर्ष २०८०/०८१ मा पाँच जनाको मृत्यु भएको र ८ जना घाईते भएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । बर्दिया जिल्लामा मात्र चार महिला तथा एक बालक गरी पाँच जनाको मृत्य भएको थियो । एक बर्षको अवधिमा भेडा/बाख्रा २१७, गाई/भैंसी ३१, बंगुर ४५, हाँस/कुखुरा १८१ वटाको मृत्यु भएको छ भने स्याल, चितुवा, वनविरालो, निलगाइ, अजिङ्गर, बँदेल, बाँदरगरी ४१ वटा बन्यजन्तुको पनि मृत्यु भएको छ । १४ वटा चितुवा र मृग समेत घाईते भएका छन् ।

    Advertisement

    वन्यजन्तुमैत्री पूर्वाधार निर्माणमा जोड

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानव बन्यजन्तुको द्वन्द्व न्यूनिकरण गर्न वन्यजन्तु मैत्री पूर्वाधर निर्माण आवश्यक भएकाले सबै पक्ष संवेदनशिल हुनुपर्ने बताउनुहुन्छ । पछिल्लो समय मानव बन्यजन्तु द्वन्द्वका घट्ना बढेका छन् । लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा अहिले पनि मानव बन्जजन्तु द्वन्द्वका घटनाहरुले चिन्तित बनाउदै लगेको छ । प्रदेश सरकारले मानव बन्यजन्तु द्वन्द्व न्यूनिकरणका उपायहरु खोजेर त्यसमा प्राथमिकता निर्धारण गर्न अपिल गरेको छ । एक्लो सरकारी निकायको प्रयासले मात्र मानव वन्यजन्तुको द्वन्द्व समाधान गर्न नसकिने भन्दै यसमा सबै निकाय विचमा सहकार्य हुनुपर्नेमा मुख्यमन्त्री आचार्यले जोड दिनुभयो ।
    वन भित्र बन्यजन्तुको आहारा व्यवस्थापन देखि पानीको स्रोत बृद्धिमा योजना निर्माण गरेर काम थालिएको छ ।‘पुराना पानीका मुलहरु सुके । ति मुलहरुको संरक्षण गरेर फेरी पानी चल्ने बनाउनुपर्छ । सरकारले संरक्षण पोखरी संगै पुराना पानीको मुल संरक्षण गरेर बचाउन कार्यक्रम बनाएको छ’उहाँले भन्नुभयो,‘वातावरणमा आउने असन्तुलनले मानव जीवन र पर्यावरणमा कस्तो असर पर्छ सबैलाई महशुस भएको बिषय हो । वन, वातावरण, जैविक विविधताको संरक्षणबाट सबैको अस्तित्व बचाउन सक्छौं ।’

    किन बढ्दै छ द्वन्द्व ?

    लुम्बिनी प्रदेशमा मानव वन्यजन्तुको द्वन्द्व व्यवस्थापनको क्षेत्रमा अध्ययन समेत गरिएको छ । २०७८ सालमा सार्वजनिक गरिएको अध्ययन प्रतिवेदनमा वन्यजन्तुको वासस्थान, आहार, विचरण लागयतका पक्षसँग मानवीय क्रियाकलापहरू प्रतिस्पर्धा गर्न वा बाझिन आइपुग्दा त्यस्ता क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व उत्पन्न भएको उल्लेख छ । जनसंख्या वृद्धिसँगै वन्यजन्तुहरूको प्राकृतिक आहार र वासस्थानको खण्डिकरण तथा संकुचन भएकाले तिनीहरू खाना र बासको खोजीमा मानवका खेती तथा बस्तीमा प्रवेश गर्दा मानव तथा वन्यजन्तुबीच द्वन्द्व बढिरहेको उल्लेख छ ।
    हाल सामुदायिक वन मार्फत वनक्षेत्र पुनस्र्थापना हुँदै जाँदा पछिल्ला वर्षहरूमा वन्यजन्तुको पुनरागमन भएका कारण यो द्वन्द्व थप बढ्दो प्रतिवेदनमा समेटिएको छ । वनक्षेत्रमा पछिल्लो दुई दशकयता सामुदायिक वनको व्यवस्थापन मार्फत वन क्षेत्र विस्तार तथा वृद्धि, वन्यजन्तुको वासस्थानमा सुधार र सहभागीतात्मक चोरी शिकारी नियन्त्रण लगायतका कामहरूबाट वन्यजन्तुको संख्यामा उल्लेख्य वृद्धि भएको पाईएको छ ।

    शनिबार, असोज ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन
    माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता
    विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त
    बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो
    पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव
    लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

    लोकप्रिय

    • १.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • २.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ३.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ४.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ५.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति

    • ६.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    भर्खरै

    • १.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    • २.
      राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

    • ३.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

    • ४.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ५.
      संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

    • ६.
      माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    • ७.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

    • ८.
      संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation